विश्व सुन्दरी ऐश्वर्या राय वच्चन आफ्नी छोरी आराध्या वच्चनलाई मिडिया कल्चर सम्वन्धी ट्रेनिङ्ग दिंदै !!

गोर्खाली खवर,

एजेन्सी ३० चैत्र । वलिउडको सेलिव्रेटिहरु मिडिया कल्चरसँग जोडेका हुन्छन् । उनिहरु जहाँ गए पनि जे गरे पनि क्यामराको, मिडियाको नजरमा हुन्छन् ।

सेलिव्रेटिहरु आफ्नो वच्चालाई जहिलेपनि मिडियावाट टाढा राख्ने कोशिसमा हुन्छन् । तर कहिलेकाहीँ स्पटलाईटमा आइनै हाल्ने हुन्छ । अभिषेक वच्चन र एश्वर्या राय वच्चन आफ्नी छोरी आराध्या वच्चन मिडियावाट टाढा राख्न मन पराउँछन् । तर जव आमावावुसँग आराध्य वाहिर आउँछिन तव उनि क्यामरामा कैद हुन्छिन् ।

हालसालै अभिषेक वच्चनले मिडियाको अगाडी ल्याउनको लागि ऐश्वर्या वच्चनले छोरीलाई ट्रेन गरिरहेको वताएका छन् । अभिषेकले यसको सवै क्रेडिट ऐश्वर्यालाई दिएका छन् । एक इन्टरभ्यूमा अभिषेक वच्चनले भनेका छन्, मिडियाको अगाडी कसरी व्यवहार गर्ने वारे ऐश्वर्याले छोरीलाई ट्रेन गरेकी छिन् ।

आराध्या जुनवेला जन्मिए, त्यो वेला वाटै उसलाई उ कस्तो परिवारसँग सम्वन्धित छ भन्ने कुरा थाहा भएको वताए । ऐश्वर्याले आराध्यालाई ट्रेन गरि यो कुरा वताएकि छिन् । उनलाई आफ्नो वाजे वज्यै एक्टर्स हन् र हामी भाग्यशाली छौं, हामीलाई करोडौ मानिसले प्रेम र इज्जत दिने गर्छ भन्ने कुरा थाहा छ ।

उक्त कुराको हामीले ध्यान दिनु पर्छ र भगवानलाई धन्यवाद दिनु पर्छ भनि ऐश्वर्याले सिकाएकी छिन् । आराध्याले पनि उक्त मिडिया कल्चरलाई साधारण रुपले लिने गरेको वताए ।

 

प्रतिक्रिया दिनुहोस