एक्ट्रेस तमन्ना भाटियाको प्राइभेट जेटमा क्याप्टेन विराट कोहली !! फ्यान्स्का प्रश्न, विराट के गर्दै छ त्यहाँ ?

गोर्खाली खवर,

एजेन्सी, ३० चैत्र । एक्ट्रेस तमन्ना भाटियाले हालसालै प्राइभेट जेट भित्रको एक तस्विर पोष्ट गरेकी थिईन् । यसमा उनि थुप्रै स्न्याक्स् सहित देखिएकी छिन् । फाटोको व्याकग्राउन्डमा अरु २ जना व्यक्ति पनि देखिन्छन् ।

उक्त तस्विरमा हेर्दा धेरैलाई लाग्छ पछाडीको एक व्यक्ति विराट कोहली हुन् । कमेन्टहरुमा पनि त्यही पछाडी वस्ने व्यक्तिको वारे धेरै सोधिएको छ । तमन्नाले फोटोको क्याप्सनमा वे्रकफास्ट प्लीज लेखेकी छिन् । र साथमा वस्ने आफ्नो दुवै मेकअप आर्टिस्टलाई पनि ट्याग गरेकी छिन् ।

एक मेकअप आर्टिस्टको नाम नीलम केनिया हो भने दोश्रो जसलाई मानिसहरु विराट कोहली सम्झीरहेका छन्, उनको नाम हो फ्लोरियन हुरेल । तमन्नाको उक्त पोष्टमा एक यूजर लेख्छन्, पछाडी विराट कोहली । अर्को एक युजर लेखछन, पछाडी विराट कोहली के गर्दैछन् ।

धेरै मानिसलाई मिस अण्डरस्ट्याडिङ्ग भयो कि तमन्ना आईपिएलको उद्घाटन म्याचमा गइरहेकी छिन् । खासमा उनि आफ्नो मेकअप आर्टिस्टको साथ हैदरावाद गएकी हुन् । त्यहाँ उनको डेव्यू वेभ सिरिज ११ आवरको प्रमोशनको सेडुल थियो । उनि उक्त वेभ सिरिजमा विजनेसवुमनको रोलमा छिन् ।

फ्लोरियन हुरेल एक मेकअप आर्टिस्ट हुन् । उनको नाम पनि विवादमा आइसकेको छ । श्रद्धा कपुरकी मेकअप आर्टिस्ट हियावी सहगलले फ्लोरियल हुरेललाई धेरै गम्भिर आरोपहरु लगाएकी छिन् । हियावि उनकी एक्स् गर्लफ्रेन्ड हुन् ।

प्रतिक्रिया दिनुहोस