आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, १ सातामै यति धेरै घट्यो सुनको मूल्य

आज मंगलबार भने घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको तोलामा १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौँ, कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्”, रेश नुन्थला मावि काठेखोला गाउँपालिका–७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा भन्नुहुन्छ, कक्षा कोठामा पुगेर अध्यापनमा सहभागी कमै शिक्षकले पूर्वतयारी गर्छन् ।

कोरोना महामारीपछि शिक्षण सिकाइका विधि र शिक्षकको तयारीमा परिवर्तन आएको छ । अघिल्लो वर्ष चैतमा कोरोना रोक्न भएको बन्दाबन्दीको समयमा विद्यालयहरूले चलाएको अनलाइन कक्षाका कारण विद्यार्थी र शिक्षक दुवैको पढाउने र पढ्ने शैली फेरिएको थापा बताउनुहुन्छ ।

अनलाइन कक्षाले शिक्षकहरूलाई पूर्वतयारी गर्न बाध्य बनायो, मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन्, प्रअ थापाले भन्नुभयो, “शिक्षकहरू जिम्मेवार र विद्यार्थी केन्द्रित हुने वातावरण बन्यो ।

कोरोना समयमा प्रयोग भएको विधिलाई अहिले पनि विद्यालयले पछ्याइरहेको छ । रेश नुन्थला माविका सबै शिक्षक अहिले इन्टरनेटको प्रयोग गरेर आफू अद्यावधि रहने र विद्यार्थीलाई समेत सिकाउने गरेको थापाले बताउनुभयो । विद्यालयमा इन्टरनेटको पहुँच र विद्यार्थीसँग समेत इन्टरनेटको पहुँच हुँदा पठनपाठन प्रक्रिया सहज हुने गरेको अनुभव शिक्षण विष्णु गौतमसँग पनि छ ।

गौतम अहिले विद्यालयमा सबैभन्दा धेरै इन्टरनेटको प्रयोग गर्न सिपालु शिक्षकमा गनिनुहुन्छ । विद्यालयमा ४५२ विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिसँग जोडिन आग्रह गर्दा ७० प्रतिशत विद्यार्थीले सिकाइमा सहभागी भइरहेको अनुमान विद्यालयको छ ।

अनलाइन कक्षा भनेको कक्षाकोठाजस्तो रहेन, त्रुटि हुँदाको घडीमा रेकर्ड रहने भएकाले शिक्षक जिम्मेवार बन्नैप¥यो”, थापा भन्नुहुन्छ, “पाठ्यक्रममा तलमाथि पर्दा विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैलाई तत्कालै जानकारी हुन्छ ।

विद्यार्थीले अनलाइनमार्फत शिक्षकले सिकाइका विषयवस्तु रेकर्ड गरेर राख्न सक्ने र दोहो¥याएर पढ्न सक्ने भएकाले यो विधि प्रभावकारी देखिएको थापाको दाबी छ । “तत्कालका लागि अनलाइन कक्षा सबै विद्यार्थीको पहुँचमा हुँदैन कि भन्ने थियो, वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, “चाहेदेखि हुँदोरहेछ, अभिभावक जिम्मेवार हुँदा सबै विद्यार्थीलाई पढाउन सकियो ।

विद्यालय बन्द रहेको समयमा समेत पाठ्यक्रममा आधारित पठनपाठन निरन्तर चलेकाले अहिले पाठ्यक्रम सक्न र दोहो¥याउन सजिलो रहेको शिक्षकहरू बताउँछन् । विद्यालयले ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

केही शिक्षकले ल्यापटप पाएका छन् भने केहीले पाउने क्रममा रहेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । कक्षा कोठामा समेत प्रोजेक्टरको माध्यमबाट अध्यापन हुने भएकाले पनि शिक्षण सामग्री तयार गर्नुपर्ने बाध्यतामा शिक्षकहरू छन् ।

प्रतिक्रिया दिनुहोस