वलिउडका सफल कोरियाग्राफर टेरेन्स लुईस कुनै वेला खर्च उठाउनको लागि डान्स सिकाउँथे

गोर्खाली खवर,

एजेन्सी, ३१ चैत्र । टेरेन्स लुईसको जन्म १० एप्रिल १९७५ मा मुम्वईमा भएको थियो । जम्मा ६ वर्षको उमेर देखि टेरेन्सले डान्स गर्न शुरु गरेका थिए ।

अहिले उनि एक वेस्ट डान्सर तथा कोरियोग्राफर मात्र होईन, एउटा राम्रो स्टंट परफर्मर पनि हुन् । “खतरोँके खेलाडी सिजन ३” मा पनि उनि ज्यादै वलियो दावेदारको रुपमा प्रस्तुत भएका थिए तर ११ इपिसोडवाट उनि वाहिरिनु परेको   थियो ।

आफ्नो क्यारियरको शुरुवाटमा टेरेन्सले घर खर्च उठाउनको लागि डान्स सिकाउने गर्थे । हामी यहाँ टेरेन्ससँग सम्वन्धित केही जानकारी दिनेछौं । उनको सात जना भाई वहिनी छन् । टेरेन्सको वावु मोदिस्टोन टायर्समा काम गर्थे र आमा सिलाई गर्थिन् ।

उनले ६ वर्षको उमेरवाट डान्स गर्न सुरु गरेका थिए । उनको वावुले चाहन्थे कि टेरेन्स १५ वर्ष भए पछि मात्र डान्सिङ्गमा समय दियोस् । टेरेन्सले फिटनेस इंस्ट्रक्टरको रुपमा माधुरी, सुस्मिता, गौरी खान जस्ता सेलिव्रेटिहरुलाई टेनिङ्ग दिएका थिए । अमिर खानको फिल्म लगानवाट टेरेन्सलाई ब्रेक मिलेको थियो । जसमा उनको काम तारिफयोग्य छ ।

उनले एक इन्टरभ्यूमा मैले दशवटा फिल्म गरें तर मलाई खासै राम्रो लागेन तर जव मलाई टिभिवाट अफर आयो तव मैले फिल्म छोडिदिएँ । उनले “डान्स इन्डिया डान्स” तथा “नच वलिए” जस्ता रियालिटि शो मा सफल जजको भुमिका निभाइसकेका छन् ।

डान्सर तथा कोरियोग्राफर टेरेन्स लुईस अहिले ४३ वर्षका भएका छन् । उनले “वल्र्डस् लारजेस्ट फोटोवुक” शिर्षकमा आफ्नो नाम गिनीज वल्र्ड रेकर्डमा रेकर्ड गराएका छन् । टेरेन्स हालसम्म अविवाहित हुन् तर खुशी हुनुको लागि विवाह अनिवार्य छ भन्ने मान्यता राख्छन् ।

प्रतिक्रिया दिनुहोस