यस्लाइई भनिन्छ सोसल मिडियाको कमाल, जस्ले गरायो यी बाबाको व्यापारलाई मालामाल

एजेन्सी । कोरोनाका कारण यतिबेला सबै ठाउमा लकडाउन चलि रहेको छ । जस्ले गर्दा सबै व्यापारहरु ठप्प भईरहेका छन् । व्यापारहरु चल्न नपाउँदा सानादेखि ठूला व्यापारीहरु मर्कामा परिरहेका छन् । लकडाउनले विशेषगरी दैनिक रुपमा आफ्नो गुजारा चलाउने व्यापारीलाई अझैं मर्कामा पारेको छ ।

यस्तै मर्कामा परेका थिए भारतका एक बृद्ध व्यापारी पनि । उनी उमेरले ८० वर्षमा लागेका छन् । तर पनि उनले आफ्नै व्यापारलाई चलाई रहेका थिए । उनको दिल्लीमा अवस्थित माल्भिया नगरस्थित मन्दिर नजिक ढावा खोलेका थिए । तर लकडाउन लागेदेखि उनको ढावामा कोही पनि ग्राहक खानलाई जाँदैनथे । जस्ले गर्दा ती बृद्ध बाबाको दैनिकी नचलेर राजीरोटीको जोहो गर्न निकै नै गाह्रो परिरहेको थियो ।

लकडाउनले गर्दा केही महिना उनी र उनकी श्रीमतीले ढावा सञ्चालन नगरेपनि पछिपछि भने ढावा सञ्चालन गरिरहेका थिए । तर कोरोनाकै कारणले उनको ढावा बिहानदेखि साँझसम्म खुल्लै हुन्थ्यो तर आम्दानी भने शुन्य । यो कुराले उनी र उनकी श्रीमती निकै नै दुखि थिए । एकदिन एक युटुवर त्यही बाटो हुँदै गईरहेका थिए । उनले ती बाबा र उनकी श्रीमतीले खानाकोलागी ग्राहक पर्खि रहेको देखे । उमेरले ८ दशक नाघि सकेका ती बृद्ध बाबा र उनकी पत्निलाई देखेर ती युटुवर युवा बाबाको ढावातिर लागे र बाबासंग कुरा गरे ।

जब ती युटुवर युवाले बाबासंग कुरा गरे त्यसपछि उनले बाबाको दुःखलाई आफ्नो युटुव च्यानलनमा अपलोड गरिदिए । बाबाले रुँदै आफ्ना दुखेसोहरु सुनाएको कुरा जब युटुवमा भयो त्यसपछि बाबाको ढावामा मनकारी मानिसहरुको बाक्लो उपस्थिति हुन थाल्यो । मानिसहरुको आवत जावत बढ्न थालेपछि दिनमा ३ पाउ मात्र चामल पकाउँदा पनि बिक्रि नभएको बाबालाई अहिले ३ किलो चामल पकाउँदा पनि ग्राहकलाई पुर्याउन नसक्ने कुरा सुनाउँछन् । ती बाबाको भिडियो हेरेर उनको ढावामा खाना खानदेखि लिएर आर्थिक सहयोग गर्नेहरु पनि उत्तिकै जुटे ।

जब आफुलाई प्रसस्त रुपमा सहयोग पाए त्यसपछि बाबाले आफुलाई सहयोग नगर्न अपिल पनि गरे । बाबाको यो विशेषता र उनको भिडियोको टिआरपी अहिले बलिउडका सुपर स्टारहरुको भन्दा पनि बढी छ । सोसल मिडियाले गर्दा ती बाबाको चौपट्टै भएको व्यापार अहिले पहिलाको भन्दा निकै नै राम्रोसंग चलेको छ । उनको भिडियोलाई बलिउड अभिनेता सुनिल सेठ्ठीले शेयर गरेका छन् । मानिसहरु ढावामा खान तछाड मछाड गर्दै पुगेको भिडियो शेयर गर्दै सुनिलले लेखेका छन् कि दिल्ली ठुलो दिल भएको देश हो ।

प्रतिक्रिया दिनुहोस