ब्लड प्रेसर कंट्रोल गर्न देखी पिम्पल्स हुने समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ खजुरले, यस्ता छन् अन्य फाइदाहरु

काठमाडौ -खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ ।खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ । जसले स्किनको चमक बढाउन मद्दत गर्छ ।यसमा भिटामिन सी हुन्छ । जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ ।खजुरमा जिंक हुन्छ ।

नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ ।खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालको समस्याबाट पनि बचाउँछ ।यसमा भिटामिन बी हुन्छ । जसले पिम्पल्सलगायतका समस्यालाई दूर गर्ने काम गर्छ ।

खजुरबाट पेन्टोथेनिक एसिड पनि पाइन्छ । जसले मृत छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ ।र खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ । प्रत्येक दिन बिहान तीन वटा दाना खजूर खादा स्वास्थयका लागि राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस