जानी राखौँ : हाम्रै गाउँ घरमा पाईने पिँडालु खानुका यतिधेरै फाईदा

काठमाडौं । सामान्यतया तरकारीलाई हामीले स्वाद अनुसार रोज्ने गर्छौं । तर तरकारी रोज्दा पौष्टिकताको आधारमा पनि रोज्नु आवश्यक हुन्छ । स्वादको दृष्टिकोणले हेर्दा धेरैलाई पिडालु मन पर्दैन । तर यसमा भने धेरै पौष्टिकता लुकेको हुन्छ । पिडालुमा आलुमा भन्दा पनि धेरै मात्रामा प्रोटिन र काइब्रोहाइड्रेट पाइन्छ।

पिडालुको तरकारी खाने गर्नाले रगतलाई यसले सफा बनाइदिन्छ । यसले रक्तसंचारमा पनि सन्तुलन ल्याउने हुनाले रगत सम्बन्धि बिमार, उक्त रकताचाप कम हुँदै जान्छ । यसको तरकारी खाने गर्नाले मधुमेह पनि कम हुँदै जान्छ । पिडालुको पात पनि स्वाथ्यको लागि फाइदाजनक हुन्छ।

पिडालु र पिडालुको पात खाने गर्नाले छाला झोल्लिने, खुम्चिने समस्या कम हुँदै जान्छ र अनुहारमा चमक आउँछ । पिडालु खानाले सुत्केरी महिलाको स्तनमा दुध भरिन्छ । पिडालुको पातको रस चार दिनसम्म खानाले पिसाब पोल्ने समस्या कम हुन्छ । उक्त रस रगत बगिरहेको घाउमा लगाउनाले रगत बग्न रोकिन्छ।

पिडालु खानाले लामो समय सम्म सताइरहेको खोकीबाट पनि छुटकारा पाउन सकिन्छ । पिडालुको सेवनले स्फूर्ती बढ्ने र तनाव कम हुने समेत हुन्छ। पिडालुमा धेरै गुण भएतापनि यो सबैको लागि भने उपयोगी नहुन सक्छ । पिडालुबाट एक किसिमको एलर्जी पनि हुन सक्छ।

त्यसैले पिडालु खानासाथ केही त्यस्तो असर देखिन्छ भने चिकित्सकलाई देखाउनु पर्छ र यदि पिडालुकै कारण त्यो असर देखिएको भए पिडालु खान छोड्नुपर्छ। भित्री घाँटीमा केही खाँदा चिलाउने समस्या छ भने पिडालु खाँदा त्यस्ता व्यक्तिलाई असर हुन्छ । त्यस्तै वाक वाक लाग्ने समस्या भएका व्यक्तिहरुलाई पनि पिडालुले असर गर्छ।

प्रतिक्रिया दिनुहोस