गोर्खाली खवर,
एजेन्सी, ३ वैशाख । एक्ट्रेस करीना कपुर खान वलिउडको सवै भन्दा मनपर्ने एक्ट्रेसमा एक हुन् । हालसालै करीना र सैफले दोश्रो वच्चाको पनि स्वागत गरिसकेको छ । वच्चाको डेलिभरी पछी उनिहरुलाई शूटिङ्ग र पार्टीहरुमा स्पट गरिएको थियो ।
उनले डिज्नी प्लस हटस्टारको लागि एक लेटेस्ट शो को शुट पुरा गरेका छन् । यसको नाम स्टार भर्सेज फूड हो । उक्त शो मा करीनाले आश्चर्यजनक कुराको खुलासा गरेकि छिन् । करिनासँग उक्त शो मा उनको तीन जना साथी तान्या, अनुष्का र शिवानीले धेरै रमाईला प्रश्न सोधेका थिए ।
करिनाले पनि त्यसको पर्फेक्ट जवाफ दिएकी थिईन् । करीनालाई साथिहरुले रातमा सुत्नको लागि वेडमा के के लिएर जान्छौं भनि सोधेको प्रश्नको जवाफमा एक वाईनको वोटल, पायजामा र सैफ अलि खान भनेकी थिईन् ।
उक्त जवाफवाट करिनालाई उनले पर्फेक्ट जवाफ दिएको र आफु गिफ्ट ह्याम्पर जित्ने योग्य भएको लागेको छ । करिनाले प्रेग्नेन्सीको वेलाको खाने पिउने चिजको पनि कुरा गरेकि थिईन् । पिज्जा र पास्ता खानको लागि ज्यादै इच्छा हुने वताइन् ।
त्यही उनलाई किचेनमा को को हुन्छन् भन्ने प्रश्नको उत्तरमा तैमुर र सेफलाई किचनमा साह्रै मज्जा आउने भएकोले उनिहरु दुवैजना त्यहाँ रहने र म्यूजिकको इन्चार्ज आफु स्वयम रहेको पनि वताइन् । दुवैलाई ज्याज म्यूजिक साह्रै मन पर्ने पनि वताइन् । लकडाउनको वेला सेफ अलि खानले खाना वनाउने वारे धेरै एक्सपेरिमेन्ट गरेको पनि वताइन् ।