धनगढी: राष्ट्रिय झण्डा दिवसको अवसरमा कैलालीको मोहनापुरमा झण्डा फहराइएको छ। युवाहरुले त्रिनगरनाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका हुन। उनीहरुले पुलको दाँया र बायापट्टि नेपाली झन्डा लगाएका छन्। नेपालमा केही वर्षयता हरेक वर्ष वैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रचलन छ।
यो पनि पढ्नु होस :-श्रीमानलाई सँगै सुत्न नदिने र पकाएर नखुवाउने श्रीमतीलाई ६ वर्ष ‘जेल’
यो अचम्मको घटना नेपालको भने होइन । युरोपेली मुलुक इटलीमा यस्तो अनाैठो घटना भएको हो । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मु द्दा हालेका छन् ।
यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।
मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मु-द्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरु-द्ध दिएको उजु-रीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ-पहेलना पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।
साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको दाबि गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।