कुन राशिका व्यक्तिलाई कुन पेशाले फालिफाप गर्छ ? हेर्नुहोस् -विश्वासिलो आधार

मेष : मेष राशिका व्यक्तिहरु उत्साहका साथ काम गर्न मन पराउँछन् । प्रायः मेष राशिका व्यक्तिहरुले आफ्नो कुराहरु सिधा तरिकाले प्रस्तुत गर्ने भएकोले उक्त बानीको कारण पछुत्ताउने गर्छन् । किनकी सबैलाई खुलेर कुरा गरेको मन नपर्न सक्छ । भोली भन्दापनि आज नै सोचेर मोज गर्नुपर्छ भन्ने स्वभाव यी व्याक्तीहरुमा हुन्छ ।

मेष राशिका व्यक्तिहरु आफ्नो काममा भन्दापनि अरुको काममा रमाउने खालको हुन्छन् । बढी महत्वकाँक्षी हुनु यो राशिको व्यक्तिहरुको बानी हो । तर धैर्यताको कमीले सम्बन्धहरुमा दरार पैदा हुन सक्छ । मेष राशिका व्यक्तिहरुले प्रायः बचत गर्ने सोच बनाउदैनन् । मुख्य गरेर मेष राशिका व्यक्तिहरु मार्केटिङ, व्यवस्थापक क्षेत्रमा आफ्नो छाप छोड्न सक्छन् ।

वृषः वृष राशिका व्यक्तिहरु अलि जिद्धी स्वभावका हुन्छन् । तर कतिपय अवस्थामा शहनशिल क्षमता पनि प्रस्तुत गर्न सक्छन् । असल, इमान्दार, विश्वसनीय र राम्रो बानि भएकै कारण साथी बनाउनपनि यो राशिका व्यक्तिहरु लागिपर्छन् । कुनै नयाँ चीजमा ढल्किन यो राशिका व्यक्तिहरुलाई अफ्ट्यारो हुन्छ । किनकी यो राशिका व्यक्तिहरु परिवर्तनमा हतपत्त विश्वास गर्दैनन् । यो राशिका व्यक्तिहरुलाई कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्रमा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस