वलिउड अभिनेता जोन अव्राहमको पत्नी प्रिया रुंचल जसले फिका पारे एक्ट्रेस विपाशा वासुको रङ्ग !!

गोर्खाली खवर,

एजेन्सी, ४ वैशाख । जोन अव्राहमको विपाशा वासुको साथ भएको सम्वन्ध संसारलाई थाहा भएकै हो । तर मानिसलाई कमै थाहा छ की जोनको विपाशासँग सम्वन्ध छुटे पनि कसरी जोनले मुभ अन गरे ।

जोनले विवाह गरे प्रिया रुंचलसँग, उनि पनि ज्यादै सुन्दरी छिन् । तर प्रियाको फिल्मी दुनियाँसँग टाढा टाढा सम्म पनि सम्वन्ध छैन । उनि लाईमलाईटवाट टाढा रहनै मनपराउँछिन् । जोन जस्तै प्रिया पनि ज्यादै प्राइभेट पर्सन हुन् ।

जोनले प्रियाको साथको कुनै पनि फोटो सोशल मिडियामा पोष्ट गर्दैनन् । कहिले काही डिनरको लागि वाहिर आउँदा स्पट हुन्छन् । दुवैको जोडी ज्यादै शानदार देखिन्छ । स्टारहरुको पार्टीमा ज्यादै कम देखिन्छिन् । उनि जोनको फिल्म प्रिमियरमा कम नै देखिन्छन् । त्यसैले सोशल मिडियामा उनिहरुको फोटो पनि कमै देख्न सकिन्छ ।

विपाशासँग ९ वर्ष पछि सम्वन्ध छुटे पनि प्रियासाग विवाह गरेका थिए । दुवैको भेट वर्कआउट गर्ने वेला जिम हलमा भएको थियो । भेटघाट पछि दुवैमा दोस्ति भएको थियो । त्यसपछि धेरै वर्षसम्म डेटिङ्गमा रहे र पछि विवाहको फैसला गरे । पेशाले रुंचल एक इन्वेस्टमेंट वैकर हुन र उनि अमेरिकामा वस्छिन् । उनको जन्म र पढाई अमेरिकामा नै भएको हो ।

विवाह पछि पनि प्रिया र जोन लामो समय सम्म लंग डिस्टेन्स् रिलेशनमा रहेका थिए । विवाहको पछि प्रिया आफ्नो कामको लागि फेरी अमेरिका नै फर्किन् । जोन यतै आफ्नो फिल्ममा व्यस्त भए । जोनले २०१४ मा प्रिया रुंचलसँग विवाह गरेका थिए । विवाह पछि प्रियाले आफ्नो इन्स्टाग्राममा आफ्नो विवाहको फोटोहरु शेयर गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस