गोर्खाली खवर,
एजेन्सी, ४ वैशाख । आज शनिवार भएको खेलमा नेपालले नेदरल्याण्डमाथि ९ विकेटको जित दर्ता गरेको छ । खेल किर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको थियो ।
नेदरल्याण्डले १३७ रन वनाएको थियो भने उक्त लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा असिफ शेखले नटआउट ५४ रन जोडे भने उनले ३८ वलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रन जोडे ।
कुशल भुर्तेलले ४६ वलमा ६२ रन वनाए र उनले ५ छक्का र ५ चौका हाने ।
त्रिवि मैदानमा टस हारेर नेदरल्याण्डले पहिलो व्याटिङ्ग गरेका थिए । निर्धारित २० ओभरमा ४ विकेट गुमाएर जम्मा १३६ रन जोड्न सकेको थियो । खराव सुरुवात गरेको नेदरल्याण्डले १२ रन हुँदा २ विकेट गुमाएको थियो ।
दोश्रो विकेटमा रुपमा वेन कोपरलाई शुन्य रनमा गुमायो ।
वलिङ्गमा नेपालका सन्दिप लामिछानले सर्वाधिक २ विकेट लिन सफल भए । उनले ४ ओभरमा २ विकेट लिएर २२ रन खर्चे । त्यस्तै सोमपाल कामी र साहव आलमले १–१ विकेट लिए ।