३७ दिनमा एउटै केटीसंग ४ पटक बिवाह र तीन पटक संबन्ध बिच्छेद,फेरी केस पुग्यो अदालतमा

ताईवानमा विवाह र संबन्ध बिच्छेदको एउटा यस्तो केस अगाडी आएको छ जुन कुरा सुनेर सायद सबैजना हैरान हुनेछन् । त्यहा एउटा बैंक कर्मचारी ले ३७ दिन भित्रमा एउटै केटीसंग ४ चोटी विवाह गरे र तिन पटक संबन्ध विच्छेद गरे ।केस अदालतमा पुगेपछि मात्रै कारण अगाडी आयो ।

खासमा यो मामला ताईवानको एउटा बैंक कर्मचारीको हो । यि व्यक्ति बैंक क्र्लक को रुपमा काम गर्छन्। ताईवानको राष्ट्रिय समाचार एजेन्सिको अनुसार जब यो व्यक्तिले विवाहको लागि छुट्टी मागे तब ८ दिनको लागी मात्रै छुट्टी मन्जुरी भयो । ति व्यक्तिको विवाह भयो र केही दिन पछि छुट्टी पनि सकियो ।

कानुनको अनुसार विवाहको लागी ८ दिन मात्रै छुट्टी मिल्न सक्छ । फेरी यस व्यक्तिले छुट्टी बढाउृनको लागी उपाय निकाले ।ति व्यक्तिले आफ्नो श्रीमतीलाई डिभोर्स दिए ताकि उनिसंग पुनः विवाह गर्न छुट्टी मिलोस् ।

रिपोर्ट को अनुसार ,व्यक्तिले ३७ दिन भित्रमा एउटै केटी यानि आफ्नो पत्नीसंग ४ पटक विवाह र ३ पटक डिभोर्स गरे ।यो माामलाको खुलासा पनि अर्कै तरिकाबाट भयो र फेरी यो केस अदालतमा पुग्यो ।

बैंकले पत्ता लगायो कि त्यो व्यक्ति के गर्ने प्रयास गर्दै थियो । बैंंकले पहिला उसलाई धेरै लामो छुट्टी दिनबाट मनाही गरेको थियो । बैंकले छुट्टी नदिएपछि त्यस व्यक्तिले ताइपे सिटी लेबर कोर्टमा शिकायत दर्ता गराए र बैंकलाई श्रम बिदा नियमको उलंघन गरेको आरोप लगाए ।

यस कानुनको अनुसार ,कर्मचारीको विवाह भएमा ८ दिनको छुट्टी अनिवार्य हो । क्लर्क ले ४ पटक विवाह गरेका थिए त्यसैले उनलाई ३२ दिनको छुट्टी मिल्नु पर्नि थियो ।

यसपछि बैंकले नि यो फैसलाको विरुद्ध बयान जाहिर ग¥यो । भन्यो कि आरोपिद्धारा मागेको छुट्टी लेबर स्ट्यान्डर्ड एक्टको मुताबिक छैन ।उही लेबर कोर्टको कमिश्ररको तर्फबाट नि आफ्नो मत राखियो ।

लेबर कोर्टले भन्यो कि बैंक क्लर्कले जे गरयो त्यो गलत हो ।तर लेबर स्ट्यान्डर्ड एक्टमा यस्तो कुनै प्रावधान छैन ,जो कसैलाई छुट्टीको लागी एउटै व्यक्तिसंग फेरी विवाह गर्नबाट रोक लगाओस् ।बैंकद्धारा व्यक्तिलाई छुट्टी नदिएकोमा करिब ७०० डलरको जरिवाना पनि लगायो ।

हाल रिपोर्टमा यो भन्या छैनकि व्यक्तिलाई जागिरबाट निकाल्या छ कि छैन तर अहिले यो कुरा चर्चाको विषय बनेको छ । प्राय कर्मचारिहरु छुट्टीको लागी अनेक बाहाना बनाउछन् तर यो बाहानाचै धेरै अगाडिको निक्लयो ।

रिपोर्टमा यो कुराको पनि खुलासा गरिएको छ कि त्यो कर्मचारीको विवाह कहिले भएको थियो । यस व्यक्तिको विवाह अप्रिल २०२० मा भएको थियो ।विवाहको लागि उसले छुट्टी मागेको थियो ,पहिला उसलाई ८ दिनको छुट्टी दिएको थियो तर उनले धेरै छुट्टीको लागी यो सब नाटक रचाए ।

प्रतिक्रिया दिनुहोस