अनलाईन मिटिङ्गमा भाग लिन अचानक निर्वस्त्र पुगे क्यानाडाका नेता !! त्यसपछि ………..

गोर्खाली खवर,

एजेन्सी, ५ वैशाख । क्यानाडामा एक सांसदलाई लाजमर्नु भएको छ । जव उनि एउटा डिजिटल मिटिङ्गको लागि विना कपडा लगाई पुगे । खासमा कोरोना महामारी चलिरहेको वेला सांसद हाउस अफ कमन्सको डिजिटल मिटिङ्गमा पुगेका थिए । उनलाई निर्वस्त्र हालतमा देख्दा मिटिङ्गमा उपस्थित सवै मानिस हैरान भएका थिए ।

उक्त सांसदको नाम विलियम अमोस हो । उनि २०१५ सालमा पोंटिएकको क्यूविक जिल्लावाट प्रतिनिधित्व गरिरहेका छन् । उनको एक स्क्रिनसट भाइरल भईरहेको छ जसमा ऊ एक डेस्कको पछाडी उभिरहेको छ र जव उनलाई म विना कपडा मिटिङ्गमा छु भन्ने ज्ञात हुन्छ तव उनले आफ्नो प्राइभेट पार्ट स्मार्टफोनले छोप्न कोशिस गरेको हुन्छ ।

अमोसले एक ट्विटको माध्यमवाट उक्त घटनामा माफी मागी भने यो एक दुर्भाग्य र मेरो गल्ति थियो । जगिङ्गवाट फर्के पछि कार्यस्थलमा लगाउने कपडा वदलिरहेको वेला गल्तीले मेरो भिडियो अन भयो । थाहै नपाई भएको यस गल्तीको लागि यस हाउस अफ कामन्सको साथिहरुसँग क्षमाप्रार्थि छु ।

लिबरल पार्टीको नेता मार्क हालैंडले यस वारेमा कुरा गर्दै विलियम यस घटनावाट ज्यादै असहज महशुस गरिरहेको वताए । उनले मलाई लाग्दैन की विलियमले गलत कृयाकलाप गर्ने कोशिस गरेको हो । यसलाई सिर्फ दुर्भाग्यपूर्ण त्रासदी भन्न सकिन्छ ।

उनले यसको साथ सवैलाई सावधान गर्दै भने, तपाईहरु सवैले यो सोच्नु पर्छकी क्यामरा जस्तो चिजले सधै तपाईमाथि नजर राखिरहेको हुन्छ र यसवाट सधैं सावधान रहनु पर्छ । उक्त तस्विर त्यहीं रहेका कुनै सांसदले लिक गरेको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस