प्रिन्स फिलिपको शोक सभावाट भागेकी महिला सडकमा टपलेस भएर देखा परिन् ।

गोर्खाली खवर,

एजेन्सी, ६ वैशाख । ब्रिटेनको शाही परिवारको प्रिन्स फिलिपको अन्तिम संस्कार भन्दा अघि भईरहेको शोक सभावाट एक महिला निस्केर सडकमा टपलेस भई अचानक दौडिन लागिन् । दौडिरहेकी महिला प्लानेटलाई वचाउ वचाउ भनेर कराइ रहेकी थिइन् ।

यो नाटक देखेर मानिसहरु हैरान थिए । तत्काल पुलिसले उक्त महिलालाई गिरफ्तार गरे र उनलाई कपडाले ढाकिदिए । यो घटना त्यस समयको थियो जुन वेला जर्च चैपलको भित्र शोकसभा भएको र एक मिनेटको राष्ट्रिय मौन राखेको थियो ।

यसै विच उक्त महिला ठुलो ठुलो स्वरले कराई दौडी रहेकी थिईन् र गेटवाट निस्केर सडकसम्म पुगिसकेकी थिईन् । उसले त्यहाँ स्थित भिक्टोरियाको प्रतिमालाई पनि नाघिसकेंकी थिईन् ।

पुलिसले तत्कार गिरफ्तार गरी सेतो कपडाले ढाकिदिए । प्रहरीले के कारणले उनले यस्तो कृयाकलाप गरेको त्यसको पुष्टि अहिलेसम्म भईनसकेको वताएको छ ।

 

प्रतिक्रिया दिनुहोस