गोर्खाली खवर,
एजेन्सी ६ वैशाख । सोमवार पनि असिफ शेख र कुशल भुर्तेलको सानदार व्यटिङ्गको मद्दतले त्रिकोणात्मक खेलमा नेपालले ट्वान्टी–२० श्रृंखलामा मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।
कुशल र आसिफले पहिलो विकेटमा १ सय २ रनको साझेदारी गरेपछि मलेसियाको चुनौती ११० रनलाई १२.१ ओभरमा पुरा गर्यो । दोश्रो जित दिलाउन कशलले अविजित ६१ रन र आसिफले ४२ रन वनाएका थिए । आसिफले २९ वलमा १ छक्का र ४ चौका प्रहार गरे । कुशलले ४१ वलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले ६ रन वनाए ।
टस हारेर व्याटिङ्ग गरेको मलेसिया १६.५ ओभर मै अलआउट भए । करणले ३ विकेट लिन १७ रन खर्चे । सन्दीप लामिछानेले २५ रन लिन २ विकेट खर्चे । दिपेन्द सिंह, सोमपाल कामी, कुशल मल्ल र शाहव आलमले १–१ विकेट लिए ।
नेपालले मंगलवार नेदरल्यान्डसँग खेल्ने छ । नेपालले २ खेल नै जितिसकेको छ । मलेसियाले २ खेल हारेको छ ।