वलिउडकी सुन्दरी नायिका करिश्मा कपुरको जुम्ल्याहा भेटियो !! उही अनुहार, उही आँखा भिडियो भयो भाईरल ।

गोर्खाली खवर,

एजेन्सी, ६ वैशाख । संसार भरी आफ्नो जस्तो अनुहार हुने ७ जना हुन्छन् भनिन्छ । सही हो या गलत त्यो त थाहा भएन । तर हामीले हाम्रो जिन्दगीमा दुई, तीन जना उहि अनुहार भएको मानिस त देखेकै छौं । सोशल मिडियामा अक्सर एक्टर तथा एक्ट्रेसका जुम्ल्याहा अनुहार भएको वारे केही न केही आईरहन्छ ।

हालसालै केही दिन पहिले ऐश्वर्या रायको जुम्ल्याहा अनुहार भएको वारे खुवै चर्चा चलेको थियो । त्यस्तै अहिले करिश्मा कपूरको जुम्ल्याहा अनुहार भएको व्यक्तिको भिडियो भाईरल भईरहेको छ ।

करिश्मा कपूरको जुम्ल्याहा अनुहार पाकिस्तानमा रहने हीना खानको हो । उनको टिकटक भिडियो जव सोशल मिडियामा आयो तव करिश्माको अनुहारसँग म्याच हुने अनुहार भएकोले मिडियामा धमाल नै गर्यो ।

हुनत अहिले यो टिकटक एप व्यान भइसकेको छ । त्यसैले अहिले हिना खान इन्स्टाग्राममा ज्यादै एक्टिभ छिन् । फ्यानहरु उनलाई दखेर हैरान छन् । उनको धेरै भिडियो भाईरल भएको छ । उनको तुलना करिश्मासँग गरिएको छ ।

यदि हिनालाई तपाई पहिलो चोटी देख्दै हुनुहुन्छ भने तपाई पनि छक्क पर्नु हुन्छ । उनलाई करिश्मा कपुर नै मान्नु हुन्छ । उनको भिडियोमा उनलाई करिश्माको गाना तथा डाईलगमा एक्टिङ्ग गरेको देख्न सकिन्छ ।

 

View this post on Instagram

 

A post shared by Heenaakh1 (@heenaakh1)

 

प्रतिक्रिया दिनुहोस