सुपरस्टार अमिताभ वच्चन भए ट्रोलको शिकार !! नायिका कृति सनोनको फोटोमा कमेन्ट गरेका थिए

गोर्खाली खवर,

एजेन्सी, ७ वैशाख । इन्स्टाग्राममा हालै वलिउड नायिका कृति सनोनले फोटोसुटको दुईवटा तस्विर शेयर गरि इन्टरनेटमा तुफान          ल्याएकी छिन् ।

अभिनेत्री तस्विरमा अति सुन्दर देखिएकी छिन् जसमा उनले म्याक्सी ड्रेस लगाएकी छिन् । उनि गुलावी, निलो, हरिया र कालो रंगको विचित्र ज्यामितीय प्याट्रनमा सजिएको क्रेप ड्रेप्ड म्याक्सि ड्रेसमा धेरै सुन्दरी देखिएकी छिन् ।

फोटोमा उनको कामुकता देखिएको छ । तस्विर शेयर भए पछि इन्स्टाग्राममा एक मिलियन भन्दा धेरै लाइक पाएका छन् । सुपरस्टार अमिताभ वच्चन पनि कृतिको प्रशंसा गर्न कमेन्ट सेक्सनमा गएर “वाह” लेखी एक इमोटिकन पनि दिएका छन् ।

उक्त कमेन्ट अहिले सोशल मिडियामा भाइरल भइरहेको छ । कृति सनोनको उक्त पोष्टमा दिग्गज अभिनेताको कमेन्ट प्रति अहिले ट्रोल भईरहेको छ । कसैले उनलाई वुढे घोडा लाल लगाम भनी ट्रोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस