घरमै छन् क्यान्सरका कारक

कुनै बेला विकसित समाजको रोग मानिने क्यान्सर अचेल गरिबगुरुवामा पनि देखिन थालेको छ । यो मध्यमवर्गका मानिसको पनि एक प्रमुख रोग भइसकेको छ ।

खराब जीवनशैली र पश्चिमा शैलीका भोजन क्यान्सरका प्रमुख कारणमा पर्छन् । तथापि धूमपान, औद्योगिक प्रदूषण आदिले पनि क्यान्सर हुनसक्छ । हाम्रो घरमै क्यान्सर गराउने वस्तु हुन सक्छन् । धूमपान वा गाडीको धुवाँ वा जैव इन्धनको प्रभावले मात्र क्यान्सर हुन्छ भन्ने होइन बजारमा पाइने प्रशोधित मासु तथा अन्य खाद्यवस्तुले समेत क्यान्सर उत्पन्न गर्नसक्छ ।

प्रशोधित मासु त अत्यन्त खराब छ किनभने त्यसमा प्रशोधनका क्रममा नाइट्रेट प्रयोग गरिएको हुन्छ ।

घरमा आफ्नो वरिपरि हेर्नुस् तपाईंले क्यान्सर उत्पन्न गर्ने वस्तु देख्नुहुने छ । पर्दा, कार्पेट, मैनबत्ती आदि इत्यादि । यी खालका घरायसी प्रयोजनका सामग्रीमा क्यान्सर उत्पन्न गर्ने रसायनको प्रयोग गरिएको हुन्छ ।

क्यान्सरबाट जोगिन हामीले निम्न वस्तुको प्रयोगमा विचार गर्न‘ पर्छ :

मैनबत्ती

मैनबत्तीमा गह्रौँ धातु सिसा (लिड) प्रयोग गरिएको हुन्छ । मैनबत्ती बालेपछि सिसा त्यसबाट हावामा फैलिन्छ र सासबाट हाम्रो शरीरमा पुग्छ । सिसाले क्यान्सर मात्र होइन स्नायु र हर्मोन सम्बन्धी समस्या पनि ल्याउँछ । विशेषगरी सुगन्धित मैनबत्ती स्वास्थ्यका लागि
हानिकारक छ ।

पर्दा

केही खालका पर्दा प्लास्टिकले बनाइएका हुन्छन् । ती प्लास्टिकमा हानिकारक रसायन प्रयोग गरिएको हुनाले मानिसमा त्यसको दुष्प्रभाव पर्छ ।

एयर फ्रेसनर

घरभित्रको हावा ताजा पार्ने एयर फ्रेसनरमा थालेट्स जस्ता हानिकारक तत्व, भोलाटाइल अर्गानिक कम्पाउन्ड प्रयोग गरिएको हुनसक्छ । यी तत्वले दम तथा साससम्बन्धी अन्य समस्या निम्त्याउँछन् । यी तत्वको सम्बन्ध क्यान्सरसँग पनि रहेको छ ।

चित्रकला

मुख्यगरी एक्रेलिक, इपोक्सी रेजिन, सोल्भेन्ट हानिकारक हुन्छ । यी वस्तुमा क्यान्सरसँग सम्बन्धित रसायन, एलर्जी उत्पन्न गर्ने तथा अङ्गहरूमा क्षति पु¥याउने रसायन प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस