म:म कत्तिको खानुहुन्छ ? धेरै खानुहुन्छ भने सतर्क रहनुहोस हुन सक्छ यस्तो….

काठमाडौं– अहिले जाडोको मौसम सुरु भएको छ । यो समयमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु धेरैको खाजाको रोजाई मम हुन सक्छ । हुनपनि मम नेपालीहरूमाझ लोकप्रिय खाजा बनेको छ ।

छिटो मिठो भएकाले पनि मानिसहरूको रोजाईमा मम पर्ने गरेको हो । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन । चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्तचापको समस्या हुनसक्छ ।’

रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर । वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८० हुन सक्छ । युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।

उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने सम्भावना हुन्छ ।

रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । नोट: माथिका सल्लाह सुझाब समान्य ज्ञान स्वरुप बताइएको हो । यदि कुनै प्रकारको स्वस्थ्य समस्या देखिएमा चिकित्सकको परामर्श लिनु पर्दछ । सोही अनुसार गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस