पूर्वमा अवस्थित ईलाम नेपाल कै एक महत्वपुर्ण पर्यटकिय तथा धार्मिक स्थल

महेन्द्रराजमार्गमा पर्ने झापाको चारालीवाट उत्तर तर्फ मेचि राजमार्गवाट सुन्दर इलामको यात्रा शुरु हुन्छ । झापाको जोरकलश भन्ने ठाउँ झापा र इलामको वोर्डर पनि हो । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथिभरा देवीको मन्दिर धार्मिक पर्यटकको दृष्टिले उत्तिकै प्रशिद्ध स्थल हो । इलाम र चारआले विचमा रहेको रोङ गाउँपालिकाको कुटीडाँडा भन्ने ठाउँवाट १ किलोमिटर सिंढीको यात्रा गरेपछि हामी पाथिभरा देविको मन्दिरमा पुग्न सक्छौं ।

त्यस्तै इलामको कन्याम पनि पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य स्थल हो । जुन सुर्योदय नगरपालिकामा अवस्थित रहेको छ । विशेष गरि चियावगान, डाँडाकाडा र हरियालीले चिनिएको कन्याम अहिले पर्यटकहरुको प्रमुख रोजाई वनिरहेको छ । कन्याममा धेरै मानिसहरु पिकनिकको लागि जाने गरेका छन् ।

कन्याम पछि श्रीअन्तु पनि धेरै मानिसको घुम्ने रोजाइमा परेको छ । विशेष गरी झुल्के घामलाई नियाल्न सकिने श्रीअन्तु त्यहाँ रहेको चियावगान, हरियाली र अन्तु पोखरीको कारण पनि चर्चित छ । झन अहिले अन्तु पोखरीमा चलाएको वोटिंगको कारण पनि श्रीअन्तु पर्यटकको रोजाईमा परेको हो ।

त्यस्तै इलाम नगरपालिकालाई पुर्वकी रानीको रुपमा पनि चिनिन्छ । यो एउटा सफा र हरित नगरपालिका हो ।

इलामको कुरा गर्दा हामी माइपोखरीलाई विर्सन सक्दैनौं । माइपोखरी इलामको सन्दकपुर गाउँपलिकामा अवस्थित रहेको छ । इलामको विप्लाते भन्ने ठाउँवाट लोकमार्ग तर्फ १३ किमि अगाडि वढे पछि हामी यस माईपोखरीमा पुग्छौं । विश्वरामसार सुचिमा पनि सुचित यस माई पोखरी धार्मिक तथा प्राकृतिक दृष्टिकोणले प्रशिद्ध छ । यस पोखरीमा हरिवोधनी एकादशीको दिन मेला लाग्ने गर्दछ ।

इलामकै सन्दकपुर पनि पर्यटकीय दृष्टीले महत्वपुर्ण छ । यो सन्दकपुर गाउँपालिकामा अवस्थित छ । यहाँवाट हामी सनराईज र सनसेट अवलोकन गर्न सक्छौं । सन्दकपुर ३६३६ मिटर हाईटमा रहेको छ । यो क्षेत्र इलामकै सवै भन्दा उचाइमा रहेको क्षेत्र पनि हो । यहाँवाट नेपाल, भारत र भुटानका हिमालयहरुको अवलोकन गर्न सकिन्छ । त्यसैले पनि यो सन्दकपुर पर्यटकहरुको प्रमुख रोजाई वन्न पुगेको छ ।

साँच्चै मनमोहक छ इलाम । वाटोको दुवै तिर चियावारी, चियावारीको विच विचमा सल्लाका रुखहरु अनि पर क्षितिजमा पहाड र वादलको संगम लाग्छ स्वर्गमै पुगेको आभाष हुने ।

प्रतिक्रिया दिनुहोस