न जिम गर्ने झन्झट न त डाइटिङ्ग नै, ल हेर्नुस त आयो वडी फिट हुने कपडा !!! (फोटो फिचर)

गोर्खाली खवर,

एजेन्सी, ९ वैशाख । राम्रो देखिन र फिट हुनको लागि मानिसले के के मात्र गर्दैन । जिम जान्छन्, डाईटमा ध्यान दिन्छन्, योगा गर्छन् के के हो के के । तर सोच्नुस यदि यो सव नगरी पनि मानिस फिट र राम्रो देखियो भने त्यो आश्चर्यजनक नै हुन्छ ।

हो अव यस्तै आश्चर्यजनक कुरा नै हुँदैछ यो संसारमा । हाम्रै छिमेकी देश चीनको वजारमा एक मस्कुलर वडी भएको सुट ज्यादै लोकप्रिय भईरहेको छ ।

सिलिकनवाट वनेको यो सुट लगाएर आफ्नो शरिरलाई वडी विल्डरको जस्तो रुप दिन सकिन्छ । यसको तस्विर पनि भाइरल भईरहेको छ ।

एक रिपोर्ट अनुसार यसलाई मेडिकल ग्रेड सिलिकनको वाक्लो लेयरवाट तैयार गरिन्छ ताकि शरिरमा कुनै नोक्सान नहोस् । यसमा हातको नसा, माथि सम्म आएको कलरबोन र सिक्स प्याक एब्स् पनि हुन्छ ।

चीनको एक वेबसाईटले उक्त सूट अनलाईनवाट मगाउन सकिने पनि वताएको छ । उक्त सूट एकदम महँगोमा विक्री भइरहेको पनि जनाएको छ । वेभसाइटमा यस सूटको मुल्य ८७ पाउण्ड देखि ४३८ पाउण्डसम्म राखिएको छ ।

कति देशहरुमा त यसको डिमाण्ड वढि रहेको छ । यो शरिरको माथिल्लो भागको लागि र तल्लो भाग लागि छुट्टाछुट्टै उपलव्ध छ । यसको रङ्ग शरिको छाला जस्तै छ र वनावट पनि कुनै वडीविल्डरको भन्दा कम छैन ।

रिपोर्टमा मानिसहरुले यस सूटको प्रयोग गरि आफ्नो वडीलाई नयाँ आकार दिइरहेको वताइएको छ । यो सुट लगाई मानिसले फोटो खिचि आफ्नो शरिरसँग पनि तुलना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस