दियो बाल्दा यस्ता संकेत देखिए, चम्किदैछ तपाईँको भाग्य !

दियोलाई हामी साक्षात देवताको रुपमा लिने गर्दछौं । दियो भन्नु नै अन्धकारबाट उज्यालोमा लैजाने एउटा माध्यम हो । अन्धकारबाट उज्यालो तर्फको खोजीमा जादैँ गर्दा हामी पुजा गर्छौं, अन्धकारमा पुजा गर्नु हुदैन भनेर हामी दियो बाल्ने गर्दछौं ।

दियो बाल्दा पुर्वपट्टि बाल्नु उत्तम हुन्छ । पृत्रिहरुको लागि बाल्ने हो भने हामीले दक्षिण दिशा तर्फ फर्काएर दियो बाल्नु पर्छ ।

त्यस्तै हिन्दु धर्मका कुनै पनि शुभ कार्यको थालनी गर्नुपूर्व दियो बाल्ने परम्परा हुन्छ। विहान बेलुका हुने पूजामा पनि दियो बाल्ने परम्परा छ। हिन्दु धर्मशास्त्रका अनुसार दियो बाल्न एउटा मन्त्र जप्नुपर्छ।

दीपज्योतिस् परब्रह्मस् दीपज्योतिस् जनार्दनस्।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योतिस् नमोस्तुति।।

धर्मग्रन्धका अनुसार, दियो बाल्ने ससमयमा यो मन्त्र उच्चारण गर्दा शत्रुको नाश हुन्छ भने घरमा सख शान्ति र समृद्धि आउँछ।

यो मन्त्र उच्चरण गर्द आरोग्य अर्थात स्वास्थ्य राम्रो हुन्छ। साथै धन सम्पत्ति वृद्धि हुन्छ।
यो मन्त्रको उच्चारण गर्दा पापको नाश हुनुका साथै शुभ फलको प्राप्ति हुन्छ।

प्रतिक्रिया दिनुहोस