श्रीमान् सँग अलग भए पछि ३१ वर्षिय महिलाले आफ्नै ६० वर्षिय ससुरासँग गरे विवाह !!!

गोर्खाली खवर,

एजेन्सी, १० वैशाख । अमेरिकामा एक महिलाले आफ्नो पतिसँग अलग भए पछि आफ्नै ससुरासँग विवाह गरेकी छिन् । केंटु शहरमा वस्ने एरिका क्विग्ल नामकी महिला ३१ वर्षकी छिन् भने उनको ससुर जेफ क्विग्लको उमेर ६० वर्ष छ ।

यसरी उमेरमा तीन दशकको फरक भए पनि उनिहरुको सम्वन्धमा कुनै समस्या नआएको वताईएको छ । एरिकाले २००९ मा फ्याक्ट्रि कर्मचारी जस्टिनसँग विवाह गरेकी थिईन् । त्यो वेला उनको उमेर १९ वर्ष थियो । दुई वर्ष पछि नै उनिहरुको सम्वन्धमा उतार चढाव आउन थाल्यो ।

एरिका सानो सहरवाट निस्केर आफ्नो क्यारियर वनाउन चाहन्थे तर जस्टिन आफ्नो सिम्पल जिन्दगीमा नै खुशी थिए । त्यहि कारण उनिहरु विच तनाव हुन्थ्यो । त्यो वेला एरिकाको ससुरा जेफले उनलाई इमोशनल सपोर्ट गरिरहेको थियो । एरिकाको सम्वन्धमा छ वर्ष सम्म तनाव भईनै रह्यो र २०१७ मा जस्टिनसँग डिभोर्स भयो ।

उनको ससुराले पनि जस्टिनको आमासँग २०१६ मा नै डिभोर्स गरिसकेका थिए । २०१७ मा एरिकाको डिभोर्स पछि आफ्नै ससुरा जेफसँग डेट गर्न लागिन् । साल २०१८ मा एरिका प्रेग्नेन्ट भई । त्यस पछि उनिहरुले विवाह गर्ने फैसला गरे । एरिका भन्छिन् जेफको जिन्दगीलाई हेर्ने तरिका धेरै सकारात्मक छ र उनि एक महत्वाकांक्षी व्यक्ति हुन् । यसै वाट म ज्यादै प्रभावित भएकी थिएँ ।

जेफले पनि एरिकामा आफ्नो पहिलो पत्नी देखेको वताए । उसले हामी एक अर्काको साथ ज्यादै खुशी छौं । हामीले उमेरको अन्तरलाई कहिले महत्व दिएनौं । त्यसै त मानिसहरु मलाई ४०–४५ वर्षको जस्तो देखिन्छ भन्छन् ।

प्रतिक्रिया दिनुहोस