अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्दै : जिग्री भन्छन यस्तो बेला हास्ने की रुने !

काठमाडौं – हाँस्य टेलसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा छिन् । लामो समय देखि हाँस्य टेलसिरियल र म्युजिक भिडियोमा व्यस्त रहेकी रक्षा गर्भवती भएकै कारण कलाकारिताबाट ब्रेक लिने बताइएको छ ।अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् ।

विगत डेढ वर्षदेखि हास्य टेलिशृंखला भद्रगोलमा आवद्ध भएपछि उनको परिचय फेरिएको हो । परिचय मात्र फेरिएको छैन, उनको चर्चा पनि चुलिएको छ । हुन त भद्रगोलमा आउनुअघि उनले दुई दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका थिइन् भने केही म्युजिक भिडियो र र्याम मोडलिङमा पनि उनको जादु चलेको थियो ।उनी अब पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’ मा नदेखिन सक्ने बताइएको छ ।

सुटुक्क विबाह गरेकी रक्षा आमा बन्न लागेको कुरा हालै एक युट्युव अन्तरवार्तामा सक्कीगो नी टिमले खुलाएका थिए । यसै क्रममा कुमार कट्टेल जिग्रि ले एउटा फेसबुक स्टाटस हाल्दै भनेका छन् ‘यस्ताे बेलामा हाँस्ने की रुने , हामी सबैको प्यारी रक्षा अामा बन्दै ।

प्रतिक्रिया दिनुहोस