भारतमा अक्सिजन र औषधिको अभावमा दैनिक मृत्युदर उच्च, संक्रमितको संख्या ३ लाख ५० हजार नजिक

भारतमा सघन उपचारका लागि शैया, औषधि र अक्सिजनको अभाव भएपछि बढ्दो संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि दिनप्रति दिन बढिरहेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै झण्डै २ हजार ८ सय जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । भारतमा लगातार रुपमा एकैदिनमा संक्रमित हुनेको संख्या बढिरहेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ५० हजार नजिक नयाँ संक्रमित थपिएका छन् । भारतले प्रत्येक दिन उच्च संक्रमणको किर्तिमान नै कायम गरिरहेको छ ।

संक्रमितको संख्या बढेसँगै गम्भीर विरामी हुनेको संख्या पनि बढिरहेको छ । राजधानी दिल्ली लगायतका अन्य शहरका अस्पतालमा सघन उपचार आवश्यक पर्ने विरामीको संख्या लगातार रुपमा बढेपनि शैयाको अभावका साथै अक्सिजन र औषधि नहुँदा विरामीको मृत्यु भइरहेको छ ।

भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९२ हजार नाघेको छ । यसैगरी कुल संक्रमितको संख्या पनि १ करोड ७० लाख नजिक पुगेको छ ।-

प्रतिक्रिया दिनुहोस