सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ७ गोठगाउँ स्थित छिमेकीको घरमा विद्युत वाइरिङ गर्न गएका विनोद घिमिरेको करेन्ट लागेर निधन भए पछि अहिले परिवारमा विजोक भएको छ ।
अर्काको अधिया खेतीपाती गरेर जिविकोपार्जन गर्दै आएका घिमिरे परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । स्वर्गीय घिमिरेको ३ बर्ष अगाडी विवाह भएको थियो । उनका श्रीमती , आमाबाबु एक दाजु, दिदिबहिनी तथा दुई जुल्याहा छोराछोरी रहेका छन् ।
श्रीमानको २५ बर्षकै उमेरमा करेन्ट लागेर निधन भए पछि २० महिनाका दुई जुल्याहा छोराछोरीको आर्थिक आभावका कारण पालनपोषण र शिक्षादिक्षामा समस्या भएको स्वर्गीय विनोदकी श्रीमति सविना घिमिरेले बताइन् ।
उनले आँखा भरि आँशु पर्दै भनिन उमेरमै श्रीमान करेन्ट लागेर विती हाल्नु भयो , परिवारमा आर्थिक अवस्था कमजोर भएकोले अब कसरी जीवन चलाउँने छोराछोरी कसरी हुर्काउँने भन्ने कुराले चिन्ता माथि चिन्ता थपेको उल्लेख गरिन् । स्वर्गीय घमिरेकी श्रीमती सविनाले श्रीमानको करेन्ट लागेर निधन भए पछि काजक्रिया समेत आफै बसेर गरेकी थिइन् ।
छिमेकीको घरमा १५ दिन अगाडी विद्युत वाइरिङ गर्न जाँदा करेन्ट लागेर निधन भएका घिमिरेको परिवारमा अहिले पनि आँखामा आँशु ओभाएको छैन् ।घरमा सबै प्रकारको व्यावहार मिलाउँने तथा काम गरेर परिवार पाल्ने आफु संगै बसेको कान्छो छोराको अल्पायुगमै निधन भए
पछि घरमा कन्तविजोक भएको स्वर्गीय घिमिरेकी आमा इन्दिरा घिमिरेले बताइन् । उनले अर्काको खेतिपाती गरेर जिविकोपार्जन गर्ने गरेको तथा घर परिवारमा पनि ऋण भएकोले उमेरमै आफ्नो छोराको निधन भए पछि परिवारमा ठूलो बज्र परेको सुनाइन् । Source-Purbelinews