काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।
प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको परिवार स्रोतले जनाएको छ ।
पूरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ । सीता लामो समयदेखि बिरामी छन् । उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन । बुधबार स्वास्थ्यमा थप समस्या देखिएपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
छोरा प्रकाश दाहालको निधनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ ।