धबार नेपालमा ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १ हजार ४६४ जना संक्रमित थपिएका हुन् । त्यस्तै ७७३ जना भाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको छ बुधबार ४ हजार ५२४ जनामा संक्रमण देखिएकोमा आज संख्या झन् बढेको छ ।
यो सहित कूल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ जसमध्ये २ लाख ७९ हजार २७९ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार २११ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घन्टामा १७ जनाको निधन भएको छ भने ७७३ जना संक्रमणमुक्त भएका छन् ।