भारतमा कोरोनाभाइरसको दोस्रो लहरले स्वास्थ्य प्रणाली अस्तव्यस्त बनाइदिएको छ। अस्पतालमा बिरामीले भर्ना पाएका छैनन्, भर्ना भएकाले अत्यावश्यक अक्सिजन पाएका छैन। दैनिक ३ हजारभन्दा बढी संक्रमितको ज्यान जान थालेपछि श्मशान गृहमा शवको चाङ लागेको छ।
पछिल्लो समय एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन्।
समाचारमा जनाइएअनुसार गत सोमबार मन्डासा मन्डल गाउँकी ती ५० वर्षीय महिलालाई कोरोनाभाइरसका लक्षणहरू देखिएपछि जचाउन लगिएको थियो।तर जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भयो। अस्पतालले उनको शवलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न सकेन।
In a heart-wrenching incident, a dead body of a 50-year-old woman in Srikakulam district was shifted on a motorbike after their attempts to arrange an ambulance failed on Monday.@ysjagan @ArogyaAndhra #AndhraPradesh #COVID19India #CoronavirusIndia pic.twitter.com/WWVxXkNP76
— TeluguBulletin.com (@TeluguBulletin) April 27, 2021