प्रकाश सपुतलाई कोरोना संक्रमण

यक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए।उनको नजिक रहेका साथीहरुलाई पनि कोरोनाको परीक्षण गर्न उनले सुझाब दिएका छन्

‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन्।

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्।

उनी अहिले होम आइसोलेसनमा छन्। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं। किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाउँ, सुरक्षित बसौं,’ सपुतले भने

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा…

Posted by Prakash Saput on Friday, 30 April 2021

प्रतिक्रिया दिनुहोस