जग्गेमा उभिनै नसकिनेगरी बेहुलाले पिए पछि बेहुलीले तत्कालै गरिन् यस्तो निर्णय

भारतमा बेहुलाले र क्सी पि ए र गरी मण्डपमा आएपछि बेहुलीले बिहे अस्वीकार गरेकी छन् । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।

रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै म दि रा से व न गर्दा रहेछन् कि आफू कहाँ आइपुगेँ भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अ भ द्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’

नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भा गि न् । दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन् ।

अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् । भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्से्नि अ वै ध म दि रा से व न बाट मानिसहरुको मृ त्यु समेत हुने गरेको छ । सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस