८ दिन पछि कोरोना जितेर खुशी हुँदै घर फर्किए हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ

काठमाडौं- चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना जितेर घर फर्किएका छन् । उनी ८ दिनको अस्पतालको बसाइ पछि निको भएर घर फर्केका हुन् ।

यही वैशाख १२ गते उनी मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका श्रेष्ठले कोरोना केही होइन भन्ने नसोच्न आग्रह गरेका छन्।

इम्युनिटी पावर निकै कमजोर बनाउँदो रैछ। सबैले कोरोनासँग सचेत रहनुपर्छ। स्वास्थय मापदण्ड कडाइका सथा पालना गर्नुपर्छ भन्दै उनले सबैमा सचेत रहन आग्रह गरेका छन् ।

श्रेष्ठले यो बेला एकअर्काप्रति रिसद्वेस देखाउनुभन्दा पनि सबैले एकजुट भएर कोरोनाविरुद्ध लड्नुपर्ने बताए। श्रेष्ठ अघि गत वर्ष पनि कोरोना संक्रमित भएका थिए।

उनी कोरोनाको दोस्रो लहरमा पनि संक्रमित हुन पुगेका हुन्। त्यसैलेकोरोना पोहोरको भन्दा यसपाली निकै अप्ठ्यारो भएको बताए ।

प्रतिक्रिया दिनुहोस