शंंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि एमालेका तीन सांसदले दिए राजीनामा मच्चियो तरंग

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंंकर पोखरेल नियुक्त गरिएपछि नेकपा एमालेका तीन जना सांंसदले पदबाट राजीनामा दिएका छन्।

आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्त गरेपछि उनीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरुमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन् ।

तीनै जना सांसदहरुले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस