नेपालमा कोरोना भयावह बन्दैः पहिलो पटक एकै दिन थपिए ७ हजार २११ संक्रमित

बैशाख १९ काठमाण्डौं । नेपालमा पनि दिन दिनै कोरोनाको संक्रमणले भयावह रुप लिन थालेको छ । दिनुहुँ संक्रमण दर बढ्ने क्रममा आज हाल सम्मकै सबै भन्दा धेरै २४ घण्टामा ७ हजार २११ संक्रमित थपिएका छन् ।

पिसिआर बिधिबाट ७ हजार १३४ जनामा संक्रमण पुष्टी भएको र ७४ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाण्डौं उपत्यकामा मात्रै ३५ सय बढी संक्रमित फेला परेको मन्त्रालयको भनाई छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

दिनहुँ कोरोना संक्रमणले तीव्र गति लिए पछि सरकारले अस्पतालमा बेड उपलव्ध गराउन नसक्ने अवस्था आएको भन्दै संवेदनशील हुन अपील गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस