आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

सोमबा सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ ।आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

दुवै डोज खोप लगाएकी जनप्रतिनिधिको कोरोनाबाट निधन

कोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो।

धौलागिरि अस्पतालको सघन कक्षमा उपचाररत ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति ११:३० बजे मृत्यु भएको धौलागिरी अञ्चल हस्पिटल बाग्लुङका कोभिड-१९ का फोकलपर्सन देब प्रकाश घिमिरेले केटिएम दैनिकलाई बताए।

वडा न ३ बाट निर्बाचित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन । करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको थियो। ‘रुघाखोकी कोरोना लक्षण देखिएपनि घरमै बसेर औषधी खाइरहनु भएको रहेछ’, ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले भने, ‘कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजन जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍यौ, तर कठिन भएपछि तत्काल धौलागिरी अस्पताल रेफर गरेर पठाएका हौँ।’

कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोपसमेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए। खोपले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ। काठेखोला गाउँपालिका-३ धम्जा माइत भएकी उनले अन्तरजातिय विवाह गरेकी हुन्। भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन्। उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्यसमेत हुन्।

प्रतिक्रिया दिनुहोस