सन १९५० को सन्धिको धारा ८ अनुसार ६० हजार वर्ग किमी जमिन भारतले फिर्ता गर्नै पर्छ !

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल लामो समयदेखि वर्षौं अघि भारतसँग गाभिएका भू भाग नेपालले फिर्ता पाउनुपर्छ भन्ने विषयमा लागिपरिरहेका छन् । नेपालको धेरै जमिन भारतले कब्जा गरेको छ, देखिनेगरि नै भारतले सिमा अधिक्रमण गरेको छ भन्ने विषय उठिरहँदा नेपालको धेरै ठूलो भू भाग, त्यो पनि धेरै वर्ष अघि ब्रिटिसले लगेको हुँदा,फिर्ता पाउने ग्रेटर नेपालको उद्देश्य देख्दा धेरैलाई अचम्म लाग्छ ।

यस विषयमा अध्यक्ष नेपाल भन्छन्, ‘हामीले बिना काम र चर्चाका निमित्त भू भाग मागेको हैन । नेपालले सुगौली सन्धी ब्रिटेनसँग गरेको थियो । ब्रिटेनले पछि उक्त सन्धी नै रद्द गर्दा त्यो कुरा भारतसँग लागू हुँदैन भनेको कारण हामीले यो कुरा उठाएका हौं ।’
नेपालका अनुुसार सन् १९५० को नेपाल भारत सम्बन्धको धारा ८ ले नेपाल र बेलायतले गरेका सबै सम्झौता रद्द हुन्छन् भनेको थियो । त्यसमा सुगौली सन्धी पनि पर्यो । यही सिद्धान्तमा अडिग रहेर भारतको कब्जामा रहेको ६० हजार हेक्टर जमिन वैधानिक रुपमा ग्रेटर नेपालले माग गरिरेहको उनले बताए ।

भारतले उक्त भूू भाग ब्रिटेनले दिएको उपहार मान्ने गर्छ । यसरी भारतले उक्त भू भाग उपहार मान्ने कुरा तथ्यमा आधारित नभएको उनले जानकार गराए । ‘इन्डिया इन्डिपिन्डेन्ट एक्ट’अनुुसार ब्रिटेनले जुन अवस्थामा आएका थियौं त्यही अवस्थामा जाँदै छौं , ब्रिटिस क्राउनले प्रयोग गरेको अधिकार इन्डियामा आउने कसैले प्रयोग गर्न पाउँदैन भनिएको थियो’, उनले थपे ।

नेपालको तुलनामा आणविक शक्ति सम्पन्न भारतले वार्ताको आधारमा नेपालको भू भाग फिर्ता दिँदैन । नदिए पनि युद्ध गर्ने क्षमता नेपालसँग छैन । यसबारेमा प्रश्न गर्दा नेपाल भन्छन्, ‘वार्ता नै भएको छैन । वार्ता त हुनुुपर्छ नि । संवाद सुुरु गर्नेवित्तिकै भारतले कि हुन्छ कि हुन्न भन्नुपर्यो । हुन्न भन्यो भने नेपालले किन भनेर प्रश्न गर्दा भारतसँग उत्तर नै छैन ।’

हाल नेपालको राजनीतिलाई तरंगित गरेको भेनेजुएला प्रकरणले नेकपाको आलोचना भइरहेको छ । यो प्रकरण ‘इन्डो प्यासेफिक’ स्ट्राटिजिसँग जोडिएको भन्दै उनले भने,‘यसमा नेपालले नेतृत्व गर्ने होइन, नेपाललाई उपयोग गर्ने हो । नेपालको भूमि प्रयोग गर्न अमेरिकालाई सहज हुने भयो । चीन आज प्रतिस्पर्धाको आधारमा हेर्दा आँखामा आँखा जुधाएर कुरा गर्न सक्छ । किनभने चीन साहसी छ । हतियार उठाउनु पहिला साहस चाहिन्छ । चीनको तिब्बत टुक्राउन जतिसुकै रणनीति अपनाए पनि इतिहासमा हेर्दा नेपालसँग तिब्बतको पटक पटक लडाइ भएको छ । प्रत्येक लडाईमा चीनपछाडि आएको छ । आफ्नो भू भाग बचाउनको निमित्त चीन आएको छ ।’

प्रतिक्रिया दिनुहोस