२५ वर्षे युवतीले एकै पटकमा जन्माईन ९ वटा बच्चा, सबै स्वस्थ्य !

pबैशाख २२ एजेन्सी । विश्वमै दुर्लभ उदाहरणको रुपमा मालीकी एक महिलाले ९ वटा बच्चा एकै पटक जन्माएकी छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ती बच्चा मध्य ५ वटा छोरी र चार वटा छोरा रहेका छन् ।

माली सरकारले आमा र सबै बच्चा स्वस्य रहेको जनाएको छ । उनले मोरक्कोमा ती बच्चाहरु जन्माएको बताईएको छ ।हलिमा सिस्से नामकी २५ वर्षे युवतीलाई राम्रो हेरचाहका लागि मोरक्को पठाईएको थियो ।शुरुमा चिकित्सकहरुले पेटमा ७ बच्चा रहेको अनुमान गरे पनि पछि ९ वटा बच्चा जन्मिएको थियो ।विना अप्रेसन सिजेरियन विधिबाट ती बच्चा जन्माईएको बताईएको छ ।

अपत्यारिलो संग घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो

काठमाडौं – आज साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।

मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९० हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस