अपत्यारिलो संग घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो

काठमाडौं – आज साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।

मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९० हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीको रोचक चाल, फेरी २ बर्ष ढुक्क

काठमाडौ । नेपालको राजनीति बडो रोचक मोडमा आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारलाई अल्पमतमा पार्न नेकपा माओवादी केन्द्रलाई समर्थन फिर्ता लिइदिनुहोस् न भनेर हारगुहार गरे । विश्वमा यस्तो बिरलै हुन्छ आफूलाई पाइरहेको समर्थन फिर्ताका लागि प्रधानमन्त्रीले नै आग्रह गर्दछन् ।

प्रधानमन्त्रीको आग्रहपछि माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले आग्रह गर्न नछोडेसम्म समर्थन फिर्ताको निर्णय लिन्न भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिए ।

तर यसअघि चैत १४ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नैतिक रूपमा आफूले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसक्ने घोषणा गरेका थिए । उनले कपिलवस्तु पुगेर एकसातामा नै नयाँ सरकार बन्ने उद्घोष गरेका थिए तर त्यो सम्भव भएन ।

यसअघि कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै नयाँ सरकार गठनको पहलकदमी लिने निर्णय गरिसकेको छ । यो निर्णयले मुलुकको राजनीतिले कोल्टे फेरेको दाहालले बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिएर देखाउन माओवादी केन्द्रलाई सार्वजनिक मञ्चबाटै चुनौती दिए ।

तर माओवादीले त्यो आँट गरेको थिएन । यस्तो किन भएको होला ? किन समर्थन फिर्ता नलिएको होला भन्ने सबैमा थियो । आज उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । अब यसपछि के हुन्छ ? भन्ने सबैमा लागेको हुनुपर्छ ।

संसद बैठकमा नै एमालेका सांसद गोकुल बाँस्कोटाले समर्थन फिर्ता लिन नसकेको भन्दै माओवादीलाई उल्टै गिज्याएका थिए । ‘समर्थन आफू गर्ने, फिर्ता लिन नसक्ने ?

अर्को सरकार बनाउनका लागि एकदलीय, दुईदलीय, तीनदलीय बनाउने भन्ने एजेन्डा प्रस्तुत गर्न नसक्ने अनि कसरी कामचलाउ भयो  ? हो कुरा यहाँ थियो । अब कुन सरकार बनाउँने भन्ने प्रश्न र ठाउँ नै थिए ।

माओवादी केन्द्रका नेताहरू सरकार तीन कारणले कामचलाउ भइसकेको तर्क गर्दथे । पुस ५ को संसद् भंग गर्ने निर्णय, सरकारको समर्थनमा रहेको दललाई अलग बनाउने गरी आएको सर्वोच्चको फागुन २३ को फैसला र समर्थन गरेको दल नै फरक पार्टीको भइसकेकाले सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसकेकै कारण सरकार कामचलाउ भएको भन्दै आएका थिए ।

तर प्रधानमन्त्री ओलीले अटेर गरिदिए । पछि एकाएक बैशाख २७ गते विश्वासको मत लिन संसद बैठक आह्वान गरे । यो देखेपछि माओवादी आत्तियो । बैठक अवधिसम्म माओवादीले समर्थन फिर्ता नलिएको खण्डमा त्यो सबै मत ओलीलाई नै रहेको ठहर संसदले गर्न सक्ने डरले माओवादीले फिर्ता लिएको पत्र बुझाएको हो ।

नब संसदीय प्रक्रियामा आएको क्षणमापनि संसदमा माओवादीसहित एमाले पुरै देखिएको खण्डमा त्यहाँ नै बहुमत रहेकाले मत जाहेर गरिराख्नु परेर भनेर विश्वासको मत घोषणा गरिदिने चाल संसद सचिवालयमा सेट गरिएको थियो । यो कुरा संसद सचिवालयका महासचिवलाई थाहा थियो । सभामुख समेत झुक्किनेगरी यो खेल खेलिएको थियो ।

समर्थन फिर्ता लिएलगत्तै संसद् भंग गर्ने सरकारको नियत देखिएकाले अन्य दलको साथ नपाएसम्म समर्थन फिर्ताको प्रक्रिया अघि नबढ्ने माओवादीको दावी थियो । त्यसो भए के अहिले माओवादीले अरु दलको साथ पायो छ ? सबैको चासोको बिषय छ ।

प्रतिक्रिया दिनुहोस