सुनिल शर्माका दुवै मेडिकल कलेजमा सङ्क्रमितको निःशुल्क उपचार

नेपाली काङ्ग्रेसका नेता सुनिल शर्माका दुईवटै मेडिकल कलेजले कोरोना भाइरस सङ्क्रमितको उपचार निःशुल्क गर्ने भएको छ । उनले सञ्चालन गर्दैआएको विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौँमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी)मा सङ्क्रमितको उपचार निःशुल्क गरिने भएको हो ।

गत साता मात्र शर्माले नोबेलमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहमतिपछि नोबेल मेडिकल कलेजमा भने गत बिहीबारदेखि उपचार निःशुल्क छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै शर्माले केएमसीमा पनि सङ्क्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरेका हुन् ।


‘कोभिड संक्रमण भएका बिरामीका लागि जेनरल वार्ड, हाइ केयर युनिट, आईसीयु, अक्सिजन, भेन्टिलेटर, बेसिक ल्याब टेष्ट/डायग्नोष्टिक टेष्ट निःशुल्क व्यवस्था गरिएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारकै अनुमतिमा शुल्क भुक्तानी गरेर क्वाविन सुविधा लिई संक्रमितको उपचार गराउन चाहेनहरुका लागि सशुल्क उपचार सेवा उपलब्ध गराउन सकिने प्रावधारन अनुसार सशुल्क क्याविन सेवा सुरु गरिएको हो ।’ अस्पतालले क्याविन सुविधा सम्बन्धी सूचनाबाट भ्रमित नहुन पनि आग्रह गरेको छ ।

अस्पतालले कोरोना संक्रमित विरामीको उपचार निःशुल्क गर्न आइतबार मात्रै नेपाल सरकारसँग सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस