कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

काठमाडौं– कोरोना भाइरसको संक्रमणपछि उपचाररत रहेकी पूर्वरानी कोमल शाहलाई सघन उपचार कक्ष (आईसीयू)बाट नर्मल वार्डमा सारिएको छ।

कोरोना भाइरस संक्रमणपछि १२ दिन अगाडि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई बुधबार आईसीयूबाट नर्मल वार्डमा सारिएको हो।

कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबारदेखि शाहको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।

गत बिहीबारदेखि आईसीयूमा नै राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार आएपछि नर्मल वार्डमा सारिएको नर्भिक अस्पताल प्रशासनले जानकारी दिएको छ।

पूर्वरानी शाहको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

यस्तै, कोरोना संक्रमणपछि नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस