भारतमा संक्रमितको संख्या कमी

नयाँ दिल्ली- कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ ।

पछिल्लो हप्तासम्म निरन्तर बढ्दै दैनिक करिब ४ लाख संक्रमणको उच्च विन्दुमा पुगेको भारतमा पछिलो दुइ दिनमा संक्रमणको दर घटेको देखिन्छ ।

भारतमा पछिल्ला दिनमा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ, जुन गत शुक्रबारको तुलनामा करिब ४३ हजारले कम हो । संक्रमण दर घटेपनि मृत्युदरमा भने खासै कमी आएको छैन।

एकै दिन बुधबार थप तीन हजार ७८० जनाको कोरोनाका कारण मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत हप्ता विश्वभरि कोविड- १९ को कारण मृत्यु हुने मध्ये भारतमा मात्र ४६ प्रतिशत रहेको छ । गत हप्तासम्म विश्वभर ९३ हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ५० लाख जना भन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस