यी हुन् विश्वकै धेरै कमाउने अभिनेत्री, कति आम्दानी ?

एकजना अभिनेत्रीको बार्षिक आम्दानी कति होला ? तपाईंलाई अनुमान लगाउन कठिन हुनसक्छ । अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सनले सन् २०१९ मा पाँच करोड ६० लाख डलर कमाएकी छन् ।

अमेरिकी व्यावसायीक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् ।

पत्रिकाका अनुसार, उनले सन् २०१८ को तुलनामा यस वर्ष एक करोड ५५ लाख डलर धेरै कमाएकी छन् । सर्वाधिक कमाउने सूचीको दोस्रो स्थानमा भने सोफिया भेरा छिन् । समीक्षा अवधिमा उनले चार करोड ४१ लाख डलर कमाएकी छन् ।

सूचीको तेस्रो र चौथो स्थानमा भने क्रमशः रेसी विथप्न र निकोल किडम्यान छन् । पत्रिकाकाअनुसार विगत एक वर्षमा यी दुई नायिकाले क्रमशः तीन करोड ५० लाख डलर र तीन करोड ४० लाख डलर कमाएका छन् ।

यस्ता युवकहरुप्रति युवतीहरु छिटो आर्कषित हुन्छन

भनिन्छ नारी र पुरुष एक रथका दुई पाग्रा हुन् । तर पनि यि दुई विपरित लि’गींबिच एकअर्काप्रति आर्कषण त हुन्छ नै । अझ त्यसमा युवतीहरु कस्ता पुरुषहरु प्रति आकर्षित हुन्छन् भन्ने कुराले विशेष महत्व राख्ने गर्छ ।

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको इन्स्टिच्युट फर पोजेटिभ साइक्लोजी एन्ड एजुकेसनद्वारा गरिएको अनुसन्धान अनुसार, सहानुभूतिशील युवकहरूप्रति युवतीहरू बढी आर्कषित हुने देखाउको छ ।

युवतीहरुले आँफुहरु जस्तै कामल स्वभाव भएको, आफ्नो क्ययर गर्ने, गा’ह्रो पर्दा स’हानुभूतिपूर्ण प्रकट गर्ने युवकहरुप्रति छिटो आर्कषित हुन्छन् । जर्नल अफ पर्सनालिटीमा प्रकाशित यो अध्ययन यो औसत १५।७ वर्ष उमेर भएका १० कक्षाका १ हजार ९ सय ७० विद्यार्थीमा गरिएको थियो ।

यसमा स’हानुभूतिपूर्वक व्यवहार गर्ने युवकहरूप्रति १।८ प्रतिशत बढी युवती आकर्षित भए । अध्ययन परिणामले देखाए अनुसार, युवतीले ती युवकहरूप्रति झुकाव रहेको बताए जो स’हानुभूति देखाउने खालका थिए ।

प्रतिक्रिया दिनुहोस