खुसीको खबर :कोभिडविरुद्धको लडाइँमा सहयोग गर्ने चिनियाँ प्रतिबद्धता

बेइजिङ– नेपालमा फैलिएको कोभिड- १९ महामारीविरूद्धको लडाइँमा चीनले सक्दो सहयोग गर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । प्रवक्ता वनपिनले नेपाल चीन मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार भएको र चिनियाँ पक्षले नेपालमा महामारीको गम्भीर अवस्थाको चुनौती महसुस गरेको र यथासक्य सहयोग पुर्‍याउन तत्पर रहेको उल्लेख गर्नु भयो ।

उहाँले नेपाललाई महामारीविरूद्ध आवश्यक सामग्रीको नयाँ खेप आपूर्ति गराउने बताउँदै ती सामग्रीहरू सङ्कलन गरी चाँडोभन्दा चाँडो नेपाल पठाउने पनि बताउनुभयो ।

अर्कै औषधिमा रेमडिसिभिरको स्टिकर टासेर बेच्ने पक्राउ

काठमाडाै‌– नक्कली स्टिकर टाँसी सस्तो औषधिलाई महँगोमा बिक्री बितरण गर्ने औषधि पसल सञ्चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर ४ स्थित साथी मेडिकल पसलका सञ्चालक विराटनगर १० अशोक चोक का २६ वर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ वर्षीय श्रवणकुमार यादव रहेका छन्।

शुक्रबार दिउँसाे १२ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले सञ्चालक गरेको पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र रेमडिसिभिर नामक औषधि १ बट्टा (सिसी) फेला पारेको हो। आलमले स्टासेफ औषधि रू ९० मा खरीद गरी रेमडिसिभिरको नक्कली स्टिकर टाँस गरी ८ हजारसम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ।

उक्त औषधिमा टाँस्ने स्टिकर उनले भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको छ। सो क्रियाकलापमा संलग्न अर्का यादव भने यसअघि २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए।

यादवलाई शुक्रबार विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेका आलमलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको छ।

यादवलाई भने लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस