डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुँदै

गत वर्षको इडिभी चिठ्ठाको नतिजा शनिबार सार्वजनिक हुँदैछ ।अमेरिकाले सन् २०२० को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ। डिभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ ।

तपाईले आफ्नो डिभी परेको छ या छैन भनेर यो https://dvprogram.state.gov वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ ।डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।

रेलको चालक तथा सहचालक बन्न ११ र १२ मा विज्ञान पढेको हुनुपर्ने
काठमाडौं– सरकारले रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला गर्न रेल सञ्चालन गर्न बनेको अध्यादेश २०७८ जारी गरेको छ। संसद नचलेको बेला सरकारले रेल सञ्चालनको कानुनी बाटो खुला गर्न अध्यादेश जारी गरेको छ।

सरकारले जारी गरेको अध्यादेशअनुसार रेलको चालक तथा सहचालक बन्नका लागि कक्षा ११ र १२ (प्लस टु)मा विज्ञान विषय पढेको हुनेपर्ने छ। अध्यादेशमा मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिइ कम्तीमा माध्यमिक तह ( दश जोड दुई ) उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।

यसैगरी, मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक तालिम लिइ रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनेपर्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ। रेल चालक बन्नका लागि २५ वर्ष उमेर पूरा भइ ५० वर्ष उमेर ननाघेको ३ वर्ष रेल सहचालकको रुपमा काम गरेको हुनेपर्ने पनि अध्यादेशमा उल्लेख छ।

कसैले विदेशी राष्ट्रबाट रेल चालक वा सहचालक अनुमति पत्र प्राप्त गरेको अवस्थमा भने नेपालमा रेल चलाउन कानुन बमोजिम निवेदन दिएमा रेल्वे प्रशासकले रेल चालक तथा सहचालकको अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिइ बमोजिम रेल चालक वा सहचालक अनुमति पत्र पदने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस