कोरोना लागेको बेला झुक्किएर पनि यस्तो नगर्नुहोस्।अक्सिजन बढाउने भनेर यस्तो कार्य गर्नुभयो भने ज्यान झन जोखिममा हुनेछ।

को-रोना भएकाे बेलामा शरीरमा अक्सिजन बढाउने भनिएका यी विधिहरू गलत छन्, पढ्नुहोस र सक्दो सेयर गर्नुहाेस् । महा -मारीको घा-तक दोस्रो लहरसँग जुझ्दै गर्दा भारतको स्वास्थ्य सेवा प्रणाली चर्को दबावमा परिरहेकाे छ ।

उपचारको आवश्यकता परेकाहरू हता-श मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै छन् । कतिपयहरू अनलाइनमा भएका गलत र भ्रामक सूचनाका भर परेका छन् । शरीरमा अक्सिजनको मात्रा बढाउने घरेलु उपायका नाममा उनीहरू गलत उपचार अपनाउँदैछन् । यस्ता छन् भ्रा-मक उपचार विधिहरु:-

ने-बुलाइ-जरले अक्सिजन दिँदैन:- एक चिकित्सकले अक्सिजन सिलिन्डरको साटो औषधिलाई मसिनो गरी छर्कन मिल्ने एक उपकरण ने-बुलाइ-जरबाट अक्सिजन लिन सकिने भनेर गरेको दाबी सामाजिक सञ्जालमा फैलिएको छ ।फेसबुक, ट्विटर र ह्वाट्सएपमा फैलिएको सो पोस्टमा ती चिकित्सकले हिन्दीमा बोल्दै ‘हाम्रो वातावरणमा प्रशस्त अक्सिजन रहेको र त्यसलाई ने-बुलाइ-जरले दिन सक्ने’ भनेका छन् ।

उनले नाम लिएको राजधानी दिल्ली नजिकै रहेको अस्पतालले उनको भनाइ खण्डन गर्दै त्यस्तो भनाइका पछाडि कुनै प्रमाण वा वैज्ञानिक तथ्य नभएको बताएको छ । अरू मेडिकल विज्ञहरूले पनि त्यस्तो विधि अक्सिजन आपूर्ति गर्न प्रभावहीन हुने बताए । ती चिकित्सकले पछि अर्को भिडिओ जारी गर्दै आफ्नो सन्देश गलत बुझिएको भनेका छन् ।

यी जडीबुटीले पनि अक्सिजन बढाउँदैन:- भारतका सामाजिक सञ्जालहरूमा अक्सिजन स्तर घटिरहेका जस्ता को- भिडका लक्षणसँग जुझ्न विभिन्न जडीबुटी तथा घरेलु उपायहरू सुझाइएका छन् । एउटा निकै फैलिएको पोस्टमा कपुर, ल्वाङ, ज्वानो तथा युक्लिप्टस तेलको मिश्रणले को- भिडका बेला अक्सिजन स्तर बनाइराख्न सघाउने सुझाव दिइएको छ तर त्यसले को- रोना भाइरस बिमारीलाई सघाउने कुनै प्रमाण छैन ।

भारतका एक आयुर्वेदिक चिकित्सकले उक्त मिश्रणबारे बताएको भिडिओ फेसबुकमा २३,००० पटक शेअर भएको छ । वास्तवमा कपुरको तेल छालाको क्रीम तथा मलममा प्रयोग हुन्छ । यसको आन्तरिक सेवन हानिकारक पनि हुनसक्छ । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल सीडिसीले कपुर गन्ध फो-क्सोमा पुग्दा हा-नि गर्न सक्ने चे-तावनी दिएको छ।

कागती पनि होइन:- एक वरिष्ठ भारतीय राजनीतिज्ञ तथा व्यापारीले हालसालै नाकमा दुई थोपा कागतीको रस हाल्दा अक्सिजन स्या-चुरेसन स्तर बढ्ने दाबी गरे । विजय शङ्केश्वरले आफूले सुझाव दिएपछि उनका को- भिड प्रभावित साथीहरूको अक्सिजन स्तर ‘आधा घण्टामै ८८ प्रतिशतबाट ९६ प्रतिशत पुगेको’ बताए । उनले यो उपायमार्फत भारतको अक्सिजन अभावको समस्या ८० प्रतिशतले घट्ने दाबी गरे तर यस्तो उपचारले अक्सिजन स्याचुरेसनमा कुनै प्रभाव पार्ने कुनै प्रमाण छैन ।

यो पनि कुनै जादुमय उपचार होइन:- भारतका सबभन्दा प्रख्यात योग गुरु बाबा रामदेव न्यूज च्यानलहरूमा आइरहन्छन् र उनले आफ्नो यूट्युब च्यानलमार्फत पनि घरमै अक्सिजन स्तर बढाउने उपायहरू सुझाइरहन्छन् । भिडिओमा औँलामा अक्सिजन स्तर नाप्ने डिभाइस राखेका उनी भन्छन्, “देशभरि अक्सिजनबारे को-को-हो-लो छ, तर म तपाईँलाई जादु देखाउँछु।” युट्युब च्यानलमा ३००,००० पटक हेरिएको उक्त भिडिओमा उनले श्वासप्रश्वासको कसरत गर्छन्।

सास रोकेर बस्दा उनको रगतमा अक्सिजनको मात्रा सुरक्षित स्तरभन्दा तल खसेको देखिन्छ । त्यसपछि उनी भन्छन् ‘२० सेकेन्डमा अक्सिजनको मात्रा तल झर-याे, अब दुई पटक लामो सास फेर्नुहोस् र जीउमा प्रशस्त अक्सिजन लिनुहोस्, यो (वातावरणमा) प्रशस्त उपलब्ध छ ।’ योग गर्नु सामान्यतया स्वास्थ्यको निम्ति राम्रो मानिए पनि को- भिड जस्तो रोगका कारण अक्सिजनको मात्रा शरीरमा घटेको छ भने त्यसका निम्ति मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ । बिबिसी बाट

प्रतिक्रिया दिनुहोस