चिकित्सक संघले देशभर ‘रेड अलर्ट’ घोषणा गर्‍यो, सबै एक जुट हुन अपिल

काठमाडौं- कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ।संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपिल छ।

दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ। सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघको अपिल छ।

रामकुमारी झाक्रीले रुँदै भनिन्, अब एमाले छोडियो नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्छौँ

काठमाडौं, । नेकपा एमाले की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी छिन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले रुँदै भनिन्, ‘आज हाम्रो लागि एकदमै टफ दिन हो, अलिकति संवेदनशील दिन पनि हो । हामी जे गर्न गैरहेका छौं, राजनीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बाटो लाग्दैछौं ।

त्यो कारणले स्वाभावैले हाम्रा सबै सांसदहरुले जसरी कुरा राख्नुभयो, अलिक बढ्दा भावुकता, पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको सुविधाको लागि पार्टी एकता गर्नुभयो, र पार्टी विघटन पनि उहाँले गर्नुभयो । पार्टी विघटन भैसकेपछि अदालतमा सेटिङ गरेरै बनाउनुभएको छ । त्यो सेटिङपछि अदालतले पूर्ववतः अवस्थामा भनिसकेपछि २०७५ साल जेठको २ गते अघिको कण्डिसन हो, एमालेको । त्यही अवस्थामा फर्किएर हामी काम गर्छौं भनेर हामीले उदारतापूर्वक भनिरहँदा उहाँले हामीलाई ढोका बन्द गर्नुभयो ।

त्यो ढोका उहाँले आजपनि बन्द गर्नुभएको छ । उहाँले व्यक्ति व्यक्तिसँग डिल गर्नुहुन्छ, लोकतन्त्र र संविधान अनि कानूनको धज्जी उडाउने काम गर्नुभयो । अब हामी एमाले भैरहने र त्यही पार्टीमा अन्तरसंघर्ष गर्ने अवस्था रहेन । त्यो रहिनसकेपछि हाम्रा लागि अन्तिम दिन पनि हो नेकपा एमालेको दलको बैठक भनेर बस्ने । त्यो कारणले स्वभावैले स्मृतिका लामा, हामीले गरेका दुःख, यात्रा सम्झना छ । यत्रो लामो बाटो हिँडेर यहाँ आयौ नि त । हाम्रा पनि कुराहरु छन् नि । अझैपनि एउटा अध्यक्षले उदारतापूर्वक स्पेश दिनुपर्छ, र भोलि विहान ९ बजेसम्म पर्खिएर भएपनि पार्टी विभाजन नहोस भन्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस