को’रोना भाइरसले फोक्सोमा असर पारेको छ कि छैन ? घरमै कसरी पत्ता लगाउने ? थाहा पाइराखौ !

काठमाडौं– को’रोना भाइरसको संक्रमण अहिले विश्वकै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । लगातार बढ्दै गएको संक्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइरसले विशेष गरेर स्वास्थलाई गहिरो रुपमा असर पुऱ्याइरहेको छ ।नेपालमा समेत संक्रमण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्पतालहरुमा बेड खाली नभएका समाचारहरु सार्वजनिक भैरहेका छन् भने अक्सीजनको अभावका कारण बिस्तारै मृत्युदर समेत बढ्न थालेको छ ।

संक्रमणका कारण मृत्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थानहरुमा संक्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकिरहेको छैन ।यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिसहरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशेषज्ञका अनुसार यस प्रकारको उपायबाट आफ्नो स्वास्थ्य र शरीरमा अक्सीजनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशेषज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिसहरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परीक्षणको अभावमा धेरै मानिसहरुलाई संक्रमण भएको धेरै समयसम्म पनि थाहा हुँदैन र अचानक उनीहरुलाई समस्या भएको महसुस हुन शुरु हुन्छ ।त्यस्ता मानिसको घरमा नै अक्सीमीटरको उपयोग गर्दै शरीरमा अक्सीजन सेचुरेशनको परीक्षण गरिरहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिसलाई कोरोनाको लक्षण महसुस भइरहेको छ, उसको प्रारम्भिक रुपमा घरमा नै आफ्नो स्वास्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि सबैभन्दा पहिला अक्सीमीटरको प्रयोगले सेचुरेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकिकन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेटपछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति सावधान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सीमीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्षणमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ ।यसले फोक्सोको समस्या र शरीरमा अक्सीजनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्षण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनुसार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन । यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्रकारको परीक्षण गर्न सक्छन् ।यस प्रकारको परीक्षणको माध्यमबाट अक्सीजनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्पतालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय

विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा समस्या देखिएको छ र उसलाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपायलाई प्रयोगमा ल्याउन सकिन्छ ।त्यस्ता विरामीलाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ । यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीजनको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस