हास्यकलाकार शिवहरि पौड्याललाई कोरोना संक्रमण पुष्टि, आइसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । हास्यकलाकार ,अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ । अस्पताल भर्ना भएलगत्तै श्वा’सप्रश्वासमा स’मस्या आएपछि अहिले उनको अक्सिजनको सहयोगमा उपचार भएको हो ।

दर्शकमाझ ‘प्वाक्क मुखमा हानु जस्तो’ थेगोबाट चिनिएका कलाकार पौडेलले लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा काम गरेका थिए । पछिल्लो समय उनी फिल्म अभिनयमा व्यस्त छन् । ‘छक्का पञ्जा, श’त्रु गते’ लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेका उनले फिल्म ‘लक्का जवान’ बाट निर्देशनमा डे’ब्यू गरेका छन् ।

तर, कोरोनाका कारण फिल्म रिलिज अ’न्योलमा छ । अहिले मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्केलाई पनि संक्रमण भएको छ । केकी अधिकारी र प्रकाश सपुत भने कोरोनाबाट नि’को भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस