तपाइँको घरमा पितृदोष र वास्तुदोष त छैन ? यसरि थाहा पाउनुहोस् :

तपाई आफ्नो घरको दक्षिण पश्चिम भागको बारेमा सावधान हुनुहोस । यदि यस दिशामा दोष छ भने, तपाईको घरमा बस्ने व्यक्तिहरूको जीवनमा समस्याहरू अन्त्य हुँदैनन् । ज्योतिष शास्त्रका अनुसार, यो कुनाको मालिक राहु हो ।

जसले अचानकले लाभ र क्षति दुवै दिन्छ। यही कारणले यो दिशा सधैं भारी र भरिएको हुनुपर्छ। ग्रह राहु शान्त रह्यो भने भने तपाईको घरको लागि लाभदायक हुन्छ । यो दिशामा शौचालय हुनुलाई पितृदोष मानिन्छ । यस्तोमा तपाईको घरलाई श्राप लाग्न सक्छ । किनकि पितृदोष भएको घरमा जति पुजापाठ गरे पनि वास्तुमा सुधार आउँदैन ।

किन यति महत्व छ घरको यो भाग ?सबैभन्दा ठुलो चुम्बकीय शक्ति तपाईंको घरको दक्षिणपश्चिम भागमा छ। वास्तुशास्त्रका अनुसार, पूर्व उत्तर दिशाबाट उत्पन्न हुने शक्ति घरको दक्षिण पश्चिममा गएर रोकिन्छ ।

त्यसैले, यो कुना ऊर्जाले भरिएको छ सावधानी हुनुपर्छ। घरबाट वास्तु दोष हटाउनु अघि, दक्षिणपश्चिमका दोषहरू हटाउनु आवश्यक छ किनकी यसको दोषहरू हटेपछि मात्रै परिवारमा सकारात्मक ऊर्जा बढ्नेछ ।

यदि तपाईले दक्षिणपश्चिमका दोष्हरु ठिक गर्नुभयो भने घरमा शान्ति र स्थिरताले स्थान पाउन्ेछ जुन तपाईको परिवारको लागि एकदम राम्रो हो । घरको दक्षिण पश्चिम भाग बचत, पैसा, प्रसिद्धि, पेटको रोग, व्यापारमा हुने हानि जस्ता कुराहरु संग सम्बन्धित छ। कुनै पनि दोषहरूको कारण यस भागमा यस्तो समस्या आउँन सक्ने शास्त्रमा उल्लेख गरिएको छ ।

घरको यो भागमा कसरी हुन्छ दोष ?घरको दक्षिण पश्चिम दिशामा धारा वा पानीको कुनै स्रोत छ भने त्यो सबैभन्दा ठूलो गल्ती हो आजै त्यहाँबाट हटाउनुहोस । त्यस दिशामा पानीको स्रोत हुनाँले कुनै पनि समयमा घरमा शान्ति हुँछैन । जसका कारण घरमा केही सदस्यहरू खराब बानीहरूको शिकार बन्नेछन ।

घरको दक्षिणपश्चिम कुनामा भान्सा वा शौचालय हुनु हुँदैन यदि छ भने आजै अन्त सार्नुहोस । यदि त्यस दिशामा भान्सा वा शौचालय भयो भने घरका मानिसहरू गलत कुरामा संलग्न हुन्छन् जुन तपाईको परिवारको लागि राम्रो होईन । विस्तारै त्यस घरमा बस्ने परिवारको लागि खराब समयको सुरुवात हुन सक्न जुनसुकै समयमा जे पनि हुनसक्छ ।

घरको दक्षिणपश्चिम कुना कहिले पनि खाली वा रित्तो हुनु हुँदैन केहि न केहि राखेर यस कुलाई आजै भरिपुर्ण बनाउनुहोस । यदि यो कुना खाली भयो भने घरमा बस्ने मानिसहरूलाई धेरै ऋण लाग्नेछ । यस्तो घरमा बस्नेहरूले अभावको कारण जुनसुकै समयमा गलत कदम चाल्न सक्छन ।

प्रतिक्रिया दिनुहोस